चन्द्रनिगाहपुरका ४ पसलमा आगलागी

Wednesday, 28 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
रौतहट:=चन्द्रपुर नगरपालीका–५ स्थित ४ वटा पसलमा बुधवार आगलागी भएको छ । बिहानदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रण्मा आएको छैन । आगो निभाउन ५ वटा वारुणयन्त्र परिचालन गरिएको छ ।बिहान करिब साढे ६ बजे चन्द्रनिगाहपुर बजारस्थित राहुल हार्डवेयर तथा फर्निचर उद्योग, हरि चौधरीको टिभि तथा मर्मत केन्द्र, मनोज पटेलको कपडा पशल र सुनिल चौधरीको मोबाइल पसलमा आगो लागेको हो । यी पसलहरु एउटै घरमा थिए । आगो कहाँबाट कसरी लाग्यो भन्ने खुलेको छैन ।

आगो निभाउन बाराको सिमरा उपमहानगर र सर्लाहीको हरिवन नगरपालीकाबाट समेत वारुणयन्त्र मगाइएको छ । गौर चन्द्रनिगाहपुर नगरपालिकासहित ५ वटा वारुणयन्त्र आगो नियन्त्रण्मा लिने प्रयासमा छन् ।
पुरानो बजारमा रहेको पसलका सबै समान जलेका छन् । क्षतिको विवरण यकिन हुन नसकेको इलाका प्रहरीका डिएसपि शान्तिराज कोईरालाले बताए । ‘आगो नियन्त्रयामा लिने प्रयास हुँदै छ,’ उनले भने,‘पसल भित्र धेरै समान रहेको र प्रवेश गर्न कठिनाई परेकोले नियन्त्रण्मा आउन समय लागेको हो ।’

पसलमा आगो लागे पछि वरपरका व्यापारीले ग्यास लगायतका समान अन्यन्त्र सारेका थिए । अहिले बजारमा सर्वसाधरणको ठुलो भिड लागेको छ ।source:-kantipur.com
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu