राधिका तामाङको पक्षमा उत्रिए आदिवासी जनजाती र विपक्षमा क्षेत्री बाहुन

Sunday, 25 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:=गाई गोरुको मासु खान पाउने कानुन ल्याउनुपर्छ भन्ने अभिव्यक्ति दिएपछि नेकपा माओवादी केन्द्रबाट प्रदेश ३ को उपसभामुख भएकी राधिका तामाङ विवादमा तानिएकी छन् ।
तामाङको सो अभिव्यक्तिपछि उनको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा टिप्पणीहरु आइरहेका छन्। उनी विवादमा परेकी छन् ।
आदिवासी जनजाति समुदायका व्यक्तिहरु उपसभामुख तामाङको पक्षमा उभिएका छन् भने खस आर्य समुदायका व्यक्तिहरु कड
 विरोधमा उत्रिएका छन् ।आदिवासी जनजातिका अगुवाहरु समेत तामाङको पक्षमा खुलेर लागेको देखिएको छ ।आदिवासी नेता आङकाजी शेर्पादेखि सर्वसाधारणसम्मले तामाङको पक्षमा सामाजिक सञ्जालमा विचार व्यक्त गरेका छन् ।शेर्पाले यसपटकको साकेला उभौली र चासोक तङनाममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई प्रमुख अतिथि बनाएर, उपसभामुख तामाङ र गृहमन्त्री बादलका साथमा गोरु काटेर खानुपर्ने बताएका छन् ।
‘पितृहरुलाई सम्मानस्वरुप गोरु चढाउनुपर्छ, सबैलाई गोरुको सुकुटी र मोमो खुवाउनुपर्छ,’ शेर्पाले आफ्नाे फेसबुक वालमा लेखेका छन्, ‘धर्मनिरपेक्षता कार्यान्वयन गर्नुपर्छ ।’मुलुक धर्मनिरपेक्ष घोषणा भएको दश वर्ष बितिसक्दा पनि गोरु खाएको आरोपमा तामाङ लगायत समुदायका मानिसहरुलाई राज्यले जेल हाल्ने काम गरिरहेको भन्दै विरोध गरिएको छ ।लिम्बू, राई, याक्खा सुनुवार लगायत किरात समुदायले पितृको पुजा गर्दा खोरु काट्ने चलन परम्परागत रुपमा रहँदै आएको भए पनि मुलुक ऐन बनेपछि गोरु काट्न बन्देज लागेको थियो ।आफ्नाे प्रथाजनित पहिचानवादी रितिरिवाज गर्न राज्यले बन्देज लगाएकाले किरात समुदायका मानिसहरुले पनि हाल उपसभामुख तामाङको पक्षमा वकालत गरिरहेका छन् । तामाङ र किरात मात्रै नभएर मगर र गुरुङ लगायत समुदायका मानिसहरु पनि तामाङको पक्षमा उभिएको देखिन्छ ।
आदिवासी जनजाति युवा महासंघका अध्यक्ष समेत रहेका जीएस गुरुङले उपसभामुख तामाङ धर्मनिरपेक्ष नेपालको संविधान कार्यान्वयनमा ‘वान म्यान आर्मी’ भएको टिप्पणी गरेका छन् ।
‘धर्मनिरपेक्ष नेपालको संविधान कार्यान्वयनमा वान म्यान आर्मी बन्नुभएकी माननीय उपसभामुख राधिका तामाङज्यू तपार्ईलाई सलाम,’ गुरुङले भनेका छन्, ‘तपाई अगाडि बढ्नुस हामी छौ पछाडि ।’
हरि घर्तीमगरले गाई खान प्रतिबन्ध लगाउनुपर्छ भन्नेहरु मानवअधिकार हनन् गर्ने गिरोहहरु भएको बताएका छन् ।
‘इच्छा हुनेले गाईको मासु खान पाउनुपर्छ,’ उनले भनेका छन्, ‘गाई खान प्रतिबन्ध लगाउनुपर्छ भन्नेहरु मानवअधिकार हनन्का गिरोहहरु हुन्, यिनीहरुलाई मानवअधिकार हननको मुद्दामा कारबाही गर्नुपर्छ।’यदपि खस आर्य समुदायका मानिसहरुले भने तामाङको विरोध गरिरहेका छन् । उपसभामुख तामाङको तस्बिरमा रिप लेखेर उनीहरुले आफ्नाे वालमा सेयर समेत गरिरहेका छन् भने केहीले विभत्सव रुपमा गाई काटेको तस्बिर राखेर गाई काट्न नहुने सन्देशसहितको विचार राखेका छन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu