दैलेख:=जिल्ला सदरमुकाम दैलेख बजार संगै अन्य व्यापारिक केन्द्रहरुमा पसलहरुमा अखाद्य बस्तुको विगविगी र एउटै पसलबाट ‘नुन देखि सुन सम्म’ विक्री गर्ने परिपाटी बढ्न थालेपनि जिल्ला प्रशासन कार्यालय दैलेखले बजार अनुगमन लाई निरन्तरता दिएको छ ।
अनुगमनका लागि बिहिवार दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी सहितको टोली दुल्लु नगरपालिकाको वडा नं. १ मा रहेको तल्लो डुङ्गेश्वर बजारमा पुगेको छ । टोलीले कर्णाली राजमार्गमा रहेको तल्लो डुङ्गेश्वर बजार, डुङ्गेश्वर गाउँपलिका वडा नं. ६ मा रहेको माथिल्लो डुङ्गेश्वर बजार र वडा नं. १ मा रहेको चुप्रा बजारमा रहेका खाद्य खुद्रा पसल, होटल, स्टेशनरी पसलहरु टोलीले अनुगमन गरेको छ । स्थानीय व्यापारि भन्छन् ‘यति नगरे हाम्रो व्यापार नै चल्दैन् स्थानीय तहहरुले बजार अनुगमनमा चासो नदिएपछि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बजारमा अनुगमन गरेका गरिएको हो । अनुगमनको टोली तल्लो डुङ्गेश्वर बजारको छेउमै रहेको एक स्टेशनरी पसल लेखिएको पसलमा पुग्दा मदिरा विक्री गरेको भेटिएको छ । पसलको बोर्डमा “जनसेवा स्टेशनरी एण्ड सप्लायर्स” दुल्लु नगरपालिका वडा नं. १ दैलेख लेखिएको थियो तर पसल भित्र मदिरा बिक्री भएको पाइएको हो ।
स्टेशनरी पसलमा मदिराको व्यापार भएको पाइएपछि अनुगमन टोलीले मदिरा तत्काल हटाउन निर्देशन दिएको छ । पसलहरुमा मसला, बेसार, चाउचाऊ, पाउरोटी, तेलको बट्टा, बिस्कुटलगायत खाद्यवस्तुमा लेबल नराखी बिक्री गरेको बजार अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताए ।देवकोटाका अनुसार भ्याट वा प्यानको प्रमाणपत्र लिन, साइनबोर्ड राख्न, खाद्य अनुज्ञापत्र पेस गर्न र सरसफाइमा सुधार गर्न समेत निर्देशन दिइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

