जेलमा रहेका रेशम चाैधरीकाे बिषय फेरी चर्चामा..

Monday, 23 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
नेपाल आदिवासी जनजाति महासंघले शुक्रबार राजधानीको माइतीघर मण्डेलामा ‘पहिलो चरणको आन्दोलन’ अन्तरगत विरोध प्रदर्शन गर्‍यो । त्यहाँ लिम्बुवानी नेता कुमार लिङदेनले करिब १३ मिनेट चर्को भाषण गरे ।संघीय लिम्वुवान राष्ट्रिय मञ्चका नेता लिङदेन सडक आन्दोलन र आवेगात्मक बाटोबाट यहाँसम्म आइपुगेका पहिचान पक्षधर नेता हुन् । शुक्रबारको कार्यक्रममा पनि उनी आक्रामकरुपमै प्रस्तुत भए ।
रेशम चौधरी : यो संसारमा कहाँ छ हौ यस्तो न्याय ?
कैलालीबाट सबैभन्दा बढी भोट ल्याएर रेशम चौधरीजीले जित्नुभएको छ । हामी कसैलाई चित्त नबुझ्ने कुरा के हो भने उम्मेदवार हुन चाहिँ दिने अनि ३५ हजार भोट ल्याएर जितेपछि उहाँलाई जेलमा कोच्ने ? यो संसारमा कहाँ छ हौ यस्तो न्याय ?०७२ सालमा कैलालीको टीकापुरमा जो घटना भयो, त्यो आफैंमा दुःखद छ । प्रहरी साथीहरुको जो मृत्यु भयो, त्यो हामीलाई पनि खुशी लागेको छैन, त्यो दुखद घटना हो । त्यो नहुनुपर्ने घटना हो । तर, त्यो घटना कसरी घट्यो भन्ने पनि त सोच्नुपर्‍यो नि त ।
अहिले पनि सशस्त्र पुलिस र जनपथ पुलिस मिल्दैनन् । अहिले पनि सेना र पुलिस भेट भयो भने लात्तले हानाहान चलिहाल्छ । त्यतिखेर पनि त्यही भयो । मान्छे थोरै आउँछ होला, थारुले के गर्न सक्छ र, ४/५ सयजना आउँछ होला भनेर सशस्त्र पुलिस र जनपथ पुलिसको कोअर्डिनेसन मिलेन । भरे थारुहरु ५० औं हजारको संख्यामा आए । र, त्यो पुलिसले कन्ट्रोल गर्न नसकेपछि एउटा दुख्द घटना घट्यो । केही प्रहरी साथीहरु, एसएसपी सहितको मृत्यु भयो, त्यो दुःखद हो । हामी सबैलाई दुःख लागेको छ ।तर, त्यो एउटा राज्यको कमजोरीले, कर्मचारीको कमजोरीले भएको घटनामा निर्दोष थारुहरुलाई पक्डेर अडाइ वर्षसम्म जेलमा कोच्ने ? यो हुन सक्दैन । ११ वर्षको बच्चा करन चौधरी भन्ने, जसको आमा भर्खरै यहाँ (काठमाडौंमा) आउनुभएको थियो, बच्चालाई पक्डिइएको छ, जसको मानसिक असन्तुलन छ । उनलाई आमाबुवाले भेट्छन् भनेर प्रहरीले पोखरामा लगेर राखेको छ ।
हे प्रहरी साथीहरु, हे अदालतका न्यायाधीश साथीहरु विश्वका मानवअधिकारवादी संघसंस्थाले तिमीहरुलाई हेरिरहेको छ, हेगमा लगेर झुण्ड्याउँछ कुन दिन तिमीहरुलाई । पर्खिराख । ती निर्दोष थारु बन्दीहरुलाई तुरुन्त जेलबाट छुटाउनुपर्‍यो ।यो अन्याय अत्याचारको विरुद्धमा सम्पूर्ण आदिवासी, जनजाति, दलित र मधेसीहरु एकजुट हुन जरुरी छ । र, अबको आन्दोलन अलिकति आक्रामक किसिमले लानुपर्छ । झ्यामझ्याम झुमझुम हुनुपर्छ, अनिमात्रै रमाइलो हुन्छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu