रेस फिल्मको च्यारिटी सो प्रर्दशन कार्यक्रम जोहोरमा भब्य सम्पन्न(फोटो फिचर सहित हेर्नुहोस)

Monday, 23 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
मलेसिया:=नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाले आयोजना गरेको नेपाली चलचित्र “रेस” फिल्मको च्यारिटी शो मलेसियाको दोस्रो ठूलो प्रान्त जोहोरबारुको जेबिमा प्रर्दशन कार्यक्रम भब्य सम्पन्न भएको छ।

रेस फिल्मका निर्देशक किशोर सुब्बाको प्रमुख उपस्थितीमा नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासा, क्षेत्रिय समितीका उपाध्यक्ष कविन्द्र कुलुङ राई, सल्लाहकार मातृका धिमाल,थारु समाजका पदाधिकारीहरु लगायत विभिन्न जातीय संघ संस्थाका अगुवाहरुको विचमा उक्त फिल्म प्रदर्शन गरिएको थियो।साथै फिल्म प्रदर्शन गर्नु भन्दा केही समय अगाडी यहाँ मलेसियामा रहेका स्थानिय कलाकारहरुले आफ्नो जातीय तथा मौलिक पहिचान झल्किने कला प्रस्तुत गरि दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो ।


नेपाल आदिवासी जनजाती महासंघ मलेसिया क्षेत्रीय कमिटी जोहोरका सचिव किशोर राईले संचालन गर्नु भएको उक्त कार्यक्रममा ब्यवस्थापन देखि लिएर फिल्म प्रर्दशनको लागि जोहोरमा रहेका नेपाली ब्यवसायीहरु र विभिन्न संघ संस्थाका अगुवाहरुले सक्दो सहयोग समेत गर्नु भएको थियो ।
यस् रेस फिल्मको च्यारिटी सो अब मलेसियाको राजधानी क्वालालम्पुर स्थित द-फाइभ एलिमेन्ट होटेलमा यहि अप्रिल २९ तारिख आइतबारको दिन आदिवासी जनजाती लगायत विभिन्न जातजातिको झाकी नाच सहित चलचित्र पनि प्रदर्शन हुनेछ्न।






Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu