जनचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Wednesday, 25 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
श्याम सिटी,,
थारु कल्याणकारिणी सभा केन्द्रिय समिति तथा थरुहट थरुवान संयुक्त संघर्ष आन्दोलन परिचालन केन्द्रिय कमिटिको मेची महाकाली अनुगमन,जनचेतना तथा जनपरिचालन कार्यक्रम थारु कल्याणकारिणी सभा हल गोरुसिगेमा आज सम्पन्न भएको छ ।
सम्पन्न कार्यक्रममा थारु कल्याणकारिणी सभा जिल्ला कार्य समितिले अहिले सम्म गरेका कार्य प्रगतिको बारेमा अनुगमन तथा अन्तरिक्रिया गरिएको थियो । थारु समुदायलाई सचेत पार्नको लागि दुई हजार पाँच सालमा गठन भएको थारु कल्याणकारिणी सभाले अहिले सम्म गरेको कार्य प्रगतिको बारेमा पनि छलफल गरिएको थियो । आफ्नो हक अधिकार प्राप्त गर्नको लागि थारु स्वयं अग्रसर भई लाग्नु पर्नेमा प्रमुख अतिथि थारु कल्याणकारिणी सभाका केन्द्रिय महामन्त्री अमिरी थारुले जोड दिनु भएको थियो । थारु समुदायलाई पछाडि पार्नको लागि धेरै किसिमको सषयन्त्र भएको र राज्यले पनि विभेद गरेकोले झन थारु समुदाय अगाडि बढन नसकेको थारु कल्याणकारिणी सभाका केन्द्रिय सल्लाहकार एवं आन्दोलन परिचालन केन्द्रिय कमिटि सदस्य रुकमिणी थारुले औल्याउनु भएको थियो । आफ्नो भाषा,कला,संस्कृति जोगाउनुमा थारु कल्याणकारिणी सभाले उल्लेख्य काम गरेको दर्शाउदै अगामि दिनमा अझ सशक्त भएर लागेमा समाज तथा राष्ट्रलाई परिवर्तन तथा विकास गर्न सकिने था.क.स.का केन्द्रिय सदस्य भोजराज थारुले बताउनु भएको छ ।
कार्यक्रममा थारु समाजसेवी झगरु प्रसाद थारु,केन्द्रिय पार्षद नागेन्द्र प्रसाद रौतार लगाएतले आफ्नो मन्तब्य राख्नु भएको थियो । थारु कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष जन्जिर प्रसाद थारुको अध्यक्षता, थारु कल्याणकारिणी सभाका केन्द्रिय महामन्त्री अमिरी थारुको प्रमुख आतिथ्यता, थारु कल्याणकारिणी सभाका केन्द्रिय सल्लाहकार एवं आन्दोलन परिचालन केन्द्रिय कमिटि सदस्य रुकमिणी थारुको विशिष्ट आतिथ्यता र राजेश चौधरीको संचालनमा सम्पन्न भएको थियो । 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu