बाराबाट कैलाश चौधरी सहित तीन जनाको नाम 'ईन्सपेक्टर' को लागी सिफारिस

Monday, 23 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सर्वेन्द्र खनाल प्रहरी महानिरिक्षकमा (आइजिपी) नियुक्त भएलगत्तै बढुवा प्रक्रियालाई अघि बढाएका छन् । यसअघि प्रहरी महानिरिक्षकमा नियुक्त भएलगत्तै खनालले शार्वजनीक रुपमा तल्लो दर्जाका प्रहरी जवान र हवल्दारहरुलाई मुटुमा राखेर काम गर्ने बताउनुभएको थियो ।
प्रहरी महानिरीक्षक खनालले लामो समयदेखी रोकिएको बढुवा प्रकृयाका कारण संगठनलाई निकास दिने र खाली पदहरु पुर्ती गर्ने बताउनुभएको थियो । प्रहरीमा रोकिएको तल्लो दर्जाको बढुवा खुलेको छ भने बढुवा सिफारिस समितिले ७३ जना सईहरुको इन्सपेक्टरमा बढुवाका लागि सिफारिस गरेको छ ।त्यस्तै ४ सय जवान हवल्दारमा बढुवा हुने बाटो समेत खोलेका छन भने इन्सपेक्टरबाट डिएसपी बढुवा पनि केही दिनमै गर्न उनले समन्वय गर्दै केही दिनमै प्रहरीका अन्य रिक्त पदपूर्ति गर्ने योजना रहेको प्रहरी मुख्यालय स्रोतले जनाएको छ । २०६० सालमा सइमा बढुवा भएकाहरुको बढुवा निकालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
१ हजार ६१ जनामध्ये उत्कृष्ट ७३ जनालाई बढुवाका लागि सिफारिस गरिएको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ । बढुवा सिफारिस समितिले जवानबाट हवल्दारका लागि ४०० जनाको नाम टुंगो लगाएको छ । केही दिनभित्रै इन्सपेक्टरबाट डिएसपीको पनि बढुवा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बाराबाट को–को सिफारिस भए त ? 
बाराबाट ३ जनाको नाम सिफारिस गरिएको छ । बाराबाटै निष्ठापुर्वक आफ्नो जिम्मेवारी पुरा गर्दे आएका सुर्दशन थापा, कैलास चौधरी र जयकृष्ण कुर्मीको नाम प्रहरी प्रधान कार्यालयमा सिफारिस गरिएको हो ।थापा अहिले सिमरा ट्राफिक प्रहरी प्रमुख हुनुहुन्छ । उहाको जिल्ला ट्राफिक प्रहरी कार्यालयय बारामा दरबन्दी छ ।
यस्तै कुर्मी अहिले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत्त हुनुहुन्छ । उहा यसअघि ईलाका प्रहरी कार्यालय जीतपुरको प्रमुख हुनुहुन्थ्यो । उहाको अहिलेको दरबन्दी पनि ईलाका प्रहरी कार्यालय जीतपुरकै छ।
यस्तै कैलास चौधरी ईलाका प्रहरी कार्यालय सिमरामा कार्यरत्त छन् । चौधरी सिमराको मुद्धा फाटमा कार्यरत्त भएपनि उहाको दरबन्दी भने ईलाका प्रहरी कार्यालय सबेला धनुषाको छ ।source:-A1samachar.com 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu