रेस फिल्मको च्यारिटी सो सम्पन्न/महासंघ मलेसियाको क्षेत्रीय समिती पेनाङमा गठन

Tuesday, 17 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाले आयोजना गरेको दोस्रो चरण अन्तरगतको नेपाली चलचित्र " रेस " फिल्मको च्यारिटी सो पेनाङमा भब्यताको साथ सम्पन्न भएका छ्न।
मलेसियाको तेस्रो ठूलो प्रान्त मानिने पेनाङको बियम भन्ने ठाउँमा आयोजना गरेको उक्त फिल्मको च्यारिटी सो कार्यक्रममा रेसका निर्देशक किशोर सुब्बा,आदिवासी जनजाती महासंघ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासा,महासंघकै केन्द्रिय उपाध्यक्ष तथा संचार बिभाग प्रमुख ,प्रवासी थारु सेवा समाज मलेसियाका संस्थापक/संरक्षक,पत्रकार आर एन चौधरी थारु,तुम्रोक सेवा समाज मलेसियाका अध्यक्ष तथा महासंघकै केन्द्रिय सदस्य दिल तुम्रोक ,अर्का केन्द्रिय सदस्य राज सुनुवार,जनउद्दार केन्द्र पेनाङका उपाध्यक्ष प्रेम चौधरी,कराते खेलाडी समाजसेवि दुर्गा लिम्बु,यहाँ रहेका नेपाली श्रमिकहरुको,समाजसेवी,बुद्धिजीवी,ब्यवसायी,पत्रकार लगायतको भब्य उपस्थित रहेको थियो।




राज सुनुवारले संचालन गरेको यस् कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष पिटि शेर्पा पिनासाले राख्नु भएको थियो। साथै नेपाली चलचित्र " रेस " फिल्मको च्यारिटी सो संगै नेपाल आदिवासी जनजाती महासंघ मलेसियाले आफ्नो क्षेत्रीय समिति पेनाङमा समेत गठन गरेका छ्न।
महासंघको पेनाङ क्षेत्रीय समितीमा क्रमशः
अध्यक्ष :-परशुराम चौधरी (प्रेम चौधरी थारु)
उपाध्यक्ष :-सुक्रराज लिम्बू
सचीव :- ओङ्दी शेर्पा
कोषाध्यक्ष :- पासाङ ल्हामु शेर्पा
सह-कोषाध्यक्ष :-अम्बर राज राई
सल्लाहकार :- पस्नुर्बु शेर्पा
सदस्यहरु :- रितोस चौधरी ,मन्जय चौधरी,बलबिर तामाङ ,पासाङ शेर्पा लगायतको रहेका छ्न।

नोट:-यस् रेस फिल्मको च्यारिटी सो अप्रिल २२ तारिख आइतबारको दिन जोहोरबारु र अप्रिल २९ तातिख आइतबारकै दिन मलेसियाको राजधानी क्वालालम्पुरमा प्रदर्शन हुनेछ्न।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu