सुजन बिश्वकर्मा ,,
कुनै पनि प्रेमी / प्रेमीका जब प्रेममा पर्छन उनीहरुको सारा संसार नै प्रेम हुन्छ एकअर्का प्रती समर्पित हुँदै दुनिया भुल्ने गर्छन परिस्थिति वा बाध्यताको झटारोले गर्दा कतिपय प्रेम सफल हुन सक्दैनन् त कति पुर्णरुपमा सफल हुन्छन ।
यहाँ बिपेश र आशा बिच गहिरो माया बस्छ उनिहरु एकले अर्कोलाइ असाध्यै माया गर्छन सगै जीवन बिताउने सपना सजाएर हजारौं बाचाकसम हरुको बन्धन लगाउछन । हासिखुसी प्रेमको मात सगै जिबनको केही समय बिताइरहेका उनिहरु बिच अचानक त्यस्तो के बाध्यता आउँछ कि जसले गर्दा आशाको बिहे अन्तै हुने निर्णय भयो र बिपेश त्यही बिहेको जग्गे हेर्दै रुदै छन ।
यो mp creation को प्रस्तुतिमा चारैतिर जग्गे बोलको गित म्युजिक नेपालाको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको म्युजिक भिडियोले भन्न खोज्दै छ । सर्जक अण थापा मगरको शब्द / संगितमा रहेको मार्मिक आधुनिक गितमा बहुचर्चित गायक सत्यराज आचार्यको स्वर रहेको छ ।
पछिल्लो समय निकै चर्चा बटुलिरहेका चर्चित मोडल बिपेश घिमिरे र आशा खड्का को उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना 'गुरुआमा' ले निर्देशन गरेकी छन भने सुरेश श्रेष्ठले छायांकन तथा सुधन बस्नेतले सम्पादन गरेका छन ।
Home
News
Videos
आशाको बिवाह हुन लाग्दा बिपेश टुलुटुलु जग्गे हेर्दै किन रुन पर्यो त,(हेर्नुहोस पूरा भिडियो)