राम अवतार चाैधरी,,
चन्द्राैटा(कपिलवस्तु):=कपिलवस्तुको शिवराज नगरपालिकामा थारु राष्ट्रिय कलाकार संघ नगरस्तरिय भेला सम्मान भएकाे छ । जिल्लाको शिवराज न.पा.५, चन्द्राैटा शान्ति बगैचा स्थित बाल संसार शैक्षिक प्रतिष्ठानकाे भवनमा जिल्ला कमिटीले अायाेजना गरेकाे हाे ।
थारु राष्ट्रिय कलाकार संघ कपिलवस्तु जिल्ला अध्यक्ष श्याम सिटीकाे अध्यक्षतामा नगरस्तरिय भेला गरेकाे हाे । संघले नगरस्तरिय भेलाबाट ९ कार्य समिति चयन गरेकाे छ । चयन हुनेमा उत्तम थारु अध्यक्ष, सन्ताेष थारु उपाध्यक्ष, अाशाेक थारु सचिव, हसिना थारु काेषाध्यक्ष, सदस्यहरूमा सविता थारु, पूजा थारु, विकास थारु, विष्णु थारु र एकजना महिलकाे लागि पदपूर्ति गर्ने गरि सर्वसहमत चयन गरिएकाे अायाेजक कमिटीले बताएकाे हाे । त्यसैगरी सल्लाहकारमा शिवराज नगर उप-प्रमुख शिव कुमारी थारु र पत्रकार सिताराम चाैधरी रहनुभएकाे छ ।
यसैबीच कार्यक्रममा शिवराज नगरपालिकाकी उप-प्रमुख तथा प्रमुख अतिथि रहनुभएकी शिव कुमारी थारुले कार्यक्रममा बेयनर वाचन गरेर समउद्घाटन गर्नु हुँदै सर्वप्रथम त थारु समुदाय लगायत थारु कलाकारहरूमा एकरुपता ल्याउनु जरुरी छ । थारु समुदायमा रहेकाे अन्धविश्वासलाई चिर्दै अबकाे समयमा कुना-काप्चामा लुकेर रहेका नव प्रतिभालाई कलाकारद्वारा एवम् कलाकारिताकाे माध्यमबाट अाफ्नाै समुदायमा रहेकाे माैलिक, राेचक र ऐतिहासिकता समाजका वास्तविक पिडाहरु बाहिर उजागर गर्ने सके थारुहररूकाे अाफ्नत्व झल्किने पनि उहाँले भन्नुभयो । थारु संस्कृति नै अन्य समुदायकाे संस्कृति भन्दा धनी रहेकाे बताउँदै गाउँ घरमा कतिपय लुकेर रहेकाे प्रतिभा स्थान वा अवसर नपाएर चुप लागेर बस्नु पर्ने अवस्थ रहेकाे देख्न सकिन्छ तर अब भने देशका विभिन्न ठाउँहरूमा थारु समुदायकाे सक्रियता बढेकाे देख्दा शिवराज नगरपालिकामा नगरस्तरिय मात्रै नभएर सिंगाे नगरपालिका, जिल्ला लगायत देशभरि नै थारु कलाकारहरूकाे संख्या बढ्ने र विकासमा टेवा पुग्ने अाशा रार्ख्दै शिवराज नगरस्तरिय भेलाबाट बनेकाे यस नगर कमिटीले समाजकाे मुख्य अायम तथा उदाहरणीय नमुना बन्ने समेत जिकिर गर्नुभयाे । साथै नव बर्ष २०७५ सालकाे शुभकामना व्यक्त गर्दै थारु कलाकार संघलाई शिवराज नगरपालिकाबाट लगायत अावश्यक पर्ने क्षेत्रमा अाफूले सक्दाे सहयाेग गर्ने प्रतिबद्धता समेत उप-प्रमुख थारुले गर्नुभयाे ।
यसैगरी शिवगढी साहित्य संगमकाे काेषाध्यक्ष तथा कार्यक्रमकै विशिष्ट अतिथि रहनुभएकाे राम प्रकाश चाैधरीले कार्यक्रममा बाेल्दै कलाकार र पत्रकारकाे सम्बन्ध नङ र मासु जस्तै भए मात्रै थारु लगायत पिछडिएका र पिछाडिएकाे क्षेत्रमा कलाकारहरूमरकाे विकासले गति लिने चाैधरीले बताउनुभयाे ।
उक्त कार्यक्रम श्याम सिटीकाे अध्यक्षता, शिवराज नगर उप-प्रमुख शिव कुमारी थारुकाे प्रमुख अातिथ्यिता, शिवगढी साहित्य संगमका काेषाध्यक्ष राम प्रकाश चाैधरी र पत्रकार सिताराम चाैधरीकाे अातिथ्यिता तथा स्थानीय नव प्रतिभा थारु कलाकारहरूकाे सहभागिता र थारु राष्ट्रिय कलाकार संघ कपिलवस्तु जिल्ला सचिव राम अवतार चाैधरीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे अायाेजक कमिटीले बताएकाे छ ।


