टीकापुर घटनाबारेको कुनै प्रतिवेदनले थारुले सुरक्षाकर्मीको हत्या गरेको भन्दैन

Sunday, 22 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कारी महतो,,
चितवन:=टीकापुर घटनाबारे नेपाल सरकारसँग ९ वटा प्रतिवेदनहरु प्राप्त भएको तर तीमध्ये कुनै पनि प्रतिवेदनमा रेशम चौधरीलगायत कैलालीका थारुहरुले सुरक्षाकर्मीसहितको नाबालकको हत्या गरेको कुरा उल्लेख नभएको पूर्व सभासद रुक्मिणी चौधरीले बताइन् ।भरतपुरको नेपाल बार एशोसिएशन सभाहलमा शनिबार भएको थारु कल्याणकारिणी सभा चितवनको शुभकामना आदान–प्रदान तथा विदाई कार्यक्रममा पूर्व सांसद चौधरीले त्यस्तो बताइन् । विशिष्ट अतिथिकारुपमा आमन्त्रित थरुहट थारुवन संयुक्त संघर्ष समितिको जनजागरण तथा जनपरिचालनका संयुक्त टोलीकातर्फबाट चौधरीले उक्त धारणा राखेकी हुन् ।
हाल प्रहरी प्रशासनले प्रतिवेदनहरु लुकाएर एकजना मानसिक सन्तुलन बिग्रेका १३ वर्षीय युवकले दिएको बयानका आधारमा २६ जना थारुहरुलाई झुटा मुद्दा लगाएको भन्दै चौधरीले आक्रोश व्यक्त गरिन् । मानसिक सन्तुलन बिग्रेका १३ वर्षीय युवकका आमा जनयुद्धमा बेपत्ता पारिएको महिला हुन् । उनको नाम करन चौधरी हो । उनी कैलालीका जानकी गाउपालिकाको हो । आमा बेपत्ता पारिए पछि एक्लो छोरा डिप्रेसनमा परी मानसिक सन्तुलन गुमाएका हुन् चौधरीले भनिन् ।केहि वर्षपछि करनका बुबाले दोश्रो विवाह गरेका छन् र दुई छोरी समेत भएको पूर्व सांसद चौधरीले बताइन् । नेपाल सरकारले मानसिक सन्तुलन बिग्रेको बालकलाई थुनेर अन्याय गरेको र न्यायकालागि विभिन्न निकायहरुको ढोका ढक्ढकाए पनि कतैबाट सुनुवाई नभएको उनको गुनासो छ ।थारु कल्याणकारिणी सभाका केन्द्रीय महामन्त्री अमिरीप्रसाद चौधरीले थारु समुदायमाथि अन्यायको पराकाष्टा बढ्दै गएकोभन्दै आपत्ति जनाए । सभाले तीनवटा राष्ट्रिय टोली बनाई जनजागरण तथा जनपरिचालन अभियान अन्तर्गत मेची–महाकाली यात्रा गरिएको उनले  जनाए ।चितवन क्षेत्र नं. ३ ख का प्रदेशसभा सदस्य रामलाल महतोले थारु कल्याणकारिणी सभाले भाषा संस्कृतिमा मात्र सीमित नरही गरीब वर्गको जनजिविकाको लागि आर्थिक समृद्धिको बाटो पहिल्याउनुपर्ने बताए । जनजातिहरुको साँस्कृतिक पहिचान झल्किने चाडपर्वहरुमा दिइने विदा कटौति गरिएकोमा उनले आपत्ति जनाए ।

नेपाल आदिवासी जनजाति महासंघ चितवनका जिल्ला सचिव महेन्द्र दुराले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्तगर्दै महासंघ आन्दोलन शुरुगरेको बताए । कार्यक्रममा निवर्तमान जिल्ला कार्यसमितिका सभापति विश्राम महतो लगायत सबै पदाधिकारीहरुलाई प्रशंसापत्र प्रदान गरी सम्मानपूर्वक विदाई गरिएको छ ।त्यस्तै नवनिर्वाचित कार्यसमितिका सबै पदाधिकारीहरुलाई प्रमाणपत्र वितरणका साथै केन्द्रीय प्रतिनिधिहरु र क्षेत्रीय समितिका सभापतिहरुलाई जिम्मेवारी दिइएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य सन्तबहादुर महतो, पूर्व केन्द्रिय सदस्य चन्द्रकुमारी चौधरी, केन्द्रिय प्रतिनिधि राजेन्द्रप्रसाद चौधरी, लक्ष्मी चौधरी, पूर्व जिल्ला सभापति टिकेन्द्र चौधरी, निवर्तमान सभापति विश्राम महतो, सल्लाहकारहरु जयचन्द्र चौधरी, हरिचन्द्र महतो, खेलकुद विभाग संयोजक चन्द्र विक्रम चौधरी, चित्र लिम्बु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रम थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu