धनगढी:=कैलालीको कैलारी गाउँपालिकास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत तीन अनाथ बालिकाहरुको अभिभावकत्व ग्रहण गरिएको छ ।प्रदेश नं. ७ का प्रदेश सांसद वीरमान चौधरी, गाउँपालिका अध्यक्ष लाजुराम चौधरी र वडा नं. २ का वडा अध्यक्ष सन्तु चौधरीले आज (बुधबार) एक कार्यक्रमका बीच अभिभावकत्व ग्रहण गरेका हुन् ।
सांसद चौधरीले कक्षा ८ मा अध्ययनरत छात्रा प्रेरणा बोहराको अभिभावकत्व ग्रहण गरेका छन् । गाउँपालिका–२ लक्कडकी बोहरा सानैमा आमा बुवा गुमाएपछि आफन्तको घरबाट अध्ययन गर्दै आएकी थिइन् ।त्यस्तै, गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले कक्षा ६ मा अध्ययनरत विपना परियारको अभिभावकत्व ग्रहण गरेका छन् । गाउँपालिका–२ रामपुरकी परियारले पनि सानैमा अभिभावक गुमाएपछि आफन्तको घरबाट अध्ययनरत छिन् ।
वडा अध्यक्ष सन्तराम चौधरीले कक्षा ७ मा अध्ययनरत शिवानी चौधरीको अभिभावकत्व स्वीकार गरेका छन् । गाउँपालिका–१ रानामुडाकी शिवानी चौधरी सानैमा बुवा आमा गुमाएपछि उनको संरक्षण आजीवन नेत्रहिन बाजे–बजैबाट हुँदै आएको थियो ।विद्यालयका प्राधानाध्यापक जीतबहादुर रावतले अनुसार तीन बालिकाहरुको आधारभुत तहसम्मको शिक्षा दिक्षाको जिम्मेवारी लिने गरी अभिभावकत्व ग्रहण गराइएको जानकारी दिए ।त्यस्तै, सांसद चौधरीले आफूले अभिभावकको जिम्मेवारी वहन गर्न पाउँदा गर्व महसुस गरेको बताए । गरिब तथा असहाय भएकै कारण कोही पनि शिक्षाबाट वञ्चित हुन नपरोस् भनी आफूहरुले अभिभावकत्व स्वीकार गरेको उनको भनाइ छ ।source:-lokantar.com