विद्यालय विकासका मुख्य तत्व शिक्षक, अभिभावक हुन् : मेयर लालमणि चौधरी

Thursday, 3 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कारी महतो/खैरहनी,,
सामुदायिक विद्यालयलाई राम्रो वा नराम्रो कस्तो बनाउने भन्ने कुरा शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिकै हातमा रहेको कुरा खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणि चौधरीले बताए । खैरहनी नगरपालिकाको वडा नं. १ स्थित कंकाली माध्यमिक विद्यालयको चार कोठे दुईतले भवन शिलान्यास गर्ने क्रममा नगरप्रमुख चौधरीले उक्त कुरा बताएका हुन् ।
‘यदि तपाईहरुमा विद्यालयलाई राम्रो बनाउने दृढ इच्छाशक्ति छ भने विद्यालय राम्रो बन्छ, नत्र बिग्रन्छ,’ नगरप्रमुख चौधरीले भने, ‘हामी जनप्रतिनिधिहरु विज्ञानको नियम जस्तै दुई तत्वहरुबीच रासायनिक प्रतिकृया छिटो गराउनका लागि भूमिका निभाउने क्याटालिस्ट मात्रै हौं ।’ विद्यालय विकासका लागि शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिले चालेको हरेक पाइलामा निरन्तर साथ दिने आश्वासन व्यक्त गर्दै अहिले बन्दै गरेको भवनले कंकाली माध्यमिक विद्यालयको विकासका लागि कोशेढुंगा सावित हुने बताए ।भवन शिलान्यास गर्नुभन्दा अगाडि नगरप्रमुखले विद्यालयको कक्षाकोठाहरु, कम्प्युटर ल्याब, पुस्तकालय, विज्ञान प्रयोगशाला लगायत सबै निरिक्षण गरेका थिए । एउटै कोठालाई विज्ञान प्रयोगशाला, पुस्तकालय र कक्षाकोठाको रुपमा प्रयोग भईरहेको देखेर उनले यो चारकोठे भवन छिटो सम्पन्न गर्नुपर्ने सुझाव दिए ।
जिल्ला शिक्षा कार्यालय चितवनको ३६ लाख बजेट सहयोगबाट बन्न लागेको चारकोठे दुइतले भवन निर्माण सम्पन्न गर्नका लागि ६० लाखको लागत अनुमान गरिएको छ ।भवन शिलान्यास कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu