विपन्न परिवार लक्षित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Thursday, 3 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
Prime Broadcasting Media pvt,,
चितवन := रोजीरोटीका लागि विभिन्न ठाउँबाट नारायणगढ र भरतपुर क्षेत्रमा बसेका विपन्न परिवारका लागि एकदिने नि ः शुल्क स्वास्थ्य शिविर भरतपुरमा आयोजना गरिएको छ । 
अनन्त आशा नेपालले आयोजना गरेको स्वास्थ्य शिविरको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहाले उद्घाटन गर्नुभएको थियो । 

उद्घाटन समारोहमा बोल्दै उपमेयर शाहाले महानगर क्षेत्रको समग्र विकासमा यो संस्थाले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । आगामी दिनमा पनि यस्तै खालको सहयोग संस्थावाट महानगरले पाउने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य देखि शैक्षिक क्षेत्रमा यो संस्थाले गर्दै आएको काम प्रशंसा योग्य भएको टिप्पणी समेत गर्नुभयो । चितवन उच्च माध्यमिक विद्यालयको परिसरमा आयोजना गरिएको कार्यक्रममा उद्घाटन समारोह पछि उपमेयर शाहले बिपन्न परिवारका एक बालिकाको अभिभाकत्व ग्रहण गरी चिकित्सक सँग स्वास्थ्य परीक्षण गराई कार्यक्रमको औपचारिक सूरुवात गर्नुभएको थियो । बालरोग विशेषज्ञ डा. डिसुजा शाक्य तथा छालारोग विशेषज्ञ डा. अच्युत पोखरेल लगायतको विशेषज्ञहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको संस्थाका उपाध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिनुभयो ।
शिविरमा विद्यार्थीहरु, पिछडिएको समुदायका बालबालिकाहरुको स्वास्थ्य परीक्षण तथा परिवारका सदस्यहरुको निशुल्क मधुमेह जाँच गरिएको थियो । उक्त शिविरमा भरतपुर र नारायणगढ क्षेत्रका २ सय २५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षण सँगै औषधी वितरण, बल्ड ग्रुपीङ, सुगर जाँच गरिएको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu