मलेसियामा भैइ रहेको छापामारी रोक्न जोड्दार माग

Tuesday, 3 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
काठमाडौं :=मलेसियामा अवैधानिक रुपमा बसिरहेकाआप्रवासीलाई पक्रेर स्वदेश फिर्ता गर्ने नाममा सुरुभएको ओपिएस मेगा थ्री अपरेशन तत्काल रोक्नर समस्या समाधानको बैकल्पिक बाटो खोज्नमलेसियामा कार्यरत आप्रवासी कामदारकोहकअधिकारवादी संघसंस्थाहरुले माग गरेका छन्।१० वटा संस्थाको तर्फबाट संयुक्त विज्ञप्तीनिकाल्दै अपरेशनका क्रममा पक्राउ परेका कुनैपनि कामदारलाई दण्ड सजाय नगर्न र उनीहरुलाईअपराधिको जस्तो व्यवहार नगर्न उनीहरुलेमलेसिया सरकारलाई आग्रह गरेको छ।

अवैधानिक भएर काम गर्नु रहर नभई आप्रवासीकामदारको बाध्यता भएको र यसमा उनीहरुकोकुनै गल्ती नभएको विज्ञप्तीमा जनाइएको छ ।साथै हालको अपरेशन रोकेर सम्भावित अन्यविकल्पमा सरोकारवाला सवै पक्षसँग छलफल गर्नआग्रह गरिएको छ ।

आमा भन्छिन्ः कुखुरा जुध्दा पनि मेरो छोरो परदेशबाट आइपुग्यो झैं लाग्छ:-

आप्रवासी कामदारको अधिकारका पक्षमाकार्यरत संस्थाहरु नर्थ साउथ ईनिसिएटीभ,तानानिता, विडव्लुआई, सेन्ट्रो, सेरानतु, पेनाङस्टप ह्युमन ट्राफिकिङ क्याम्पेनसँगै आप्रवासीकामदारहरुको संगठन जिफन्ट सपोर्ट ग्रुप, प्रवासीनेपाली समन्वय समिति,एएमएमपीओ(फिलिपिन्स),एमएमआरसी(म्यानमार)का तर्फबाट संयुक्तविज्ञप्ती जारी गरिएको हो ।

"अवैधानिक हुनु भनेको अपराध होइन"विज्ञप्तीमा भनिएको छ "यो केवल प्रशासनिकविषय मात्र हो ।" शोषण नै श्रमिकलाई अवैधानिकभएर काम गर्न बाध्य पार्ने तत्व भएको भन्दैविज्ञप्तीमा प्रहरीको धरपकडले मानवतस्करहरुलाई अझ प्रश्रय मिल्ने उल्लेख गरिएको छ ।नर्थ साउथ ईनिसिएटीभका प्रमुख एड्रिन परेरालेआप्रवासी कामदार के कारणले कागजातविहिनहुन्छन् भनेर पहिले बुझ्न आवश्यक रहेको बताए ।उनले यसरी प्रहरीपरिचालन गरेर पक्राउ गर्दैमा समस्या समाधान नहुने तर्क गरे ।

आप्रवासी कामदारलाई पक्राउ गर्नुको सट्टा समग्रसंरचनागत परिवर्तनको प्रस्ताव गर्दै ति संस्थाहरुलेमलेसियाको सरकार र आप्रवासी कामदारहरुकोसमुदायबीच छलफल आवश्यक भएको बताएकाछन् ।यसैगरी हाल चलिरहेको थ्री प्लस वान आममाफीकार्यक्रमलाई व्यवस्थीत बनाउन, कामदारलाई धेरैआर्थिक भार नपार्न र सो कार्यक्रममा सहभागिहुनेहरुलाई पुनः मलेसियामा रोजगारीका लागिजान नपाउने व्यवस्था हटाउन पनि सुझावदिइएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu