हमार सनेश सहकर्मी ,,
काठमाडौं := आउ नाचौ’ बोलेको गीतको पार्ट वानको अपार सफलता पछि मोडल बीर चौधरीको अभिनय रहेको ‘आउ नाचौ’ पार्ट टु को भिडीयो बजारमा आउने भएको छ । आईतबार काठमाण्डौमा छायांकन सकिएसंगै छिट्टै नै म्यूजिक भिडियो सार्वजनिक हुने तयारी भैरहेको मोडल बीरले जानकारी दिएका छन्।
नेपाली डिजेगीत ‘आउ नाचौ’ पार्ट वानमा हट मोडल चन्दा दाहालसंग रोमान्स गरेका मोडल चौधरीले ‘आउ नाचौ २’ मा पछिल्ले समयकी चर्चित नायिका तथा मोडल सिल्पा पोखरेलसंग रोमान्स गरेका छन् । नायिका पोखरेल नेपाली सिने जगतकी चर्चित नायिका तथा मोडल हुन । मोडल चौधरीको अभिनय रहेको यस अघि बजारमा आइसकेको ‘आउ नाचौ’ पार्ट वान नेपाली म्युजिक भिडियोको १८ लाख १४ हजार भन्दा बढी युवट्व भिउ रहेको छ । ‘आउ नाचौँ’ पार्ट टु म्युजिक भिडियो पनि सार्वजनिक भएपछि दर्शक दिर्घाबाट वाहवाही पाउने यस गितका रचइता तथा संगीतकार विनय वैद्यले विश्वास लिएका छन् । विनय वैद्यको शब्द संगीत रहेको गीतमा गायक रोशन रत्गैया र गायिका शिक्षा ढुंगेलले स्वर दिएका छन् । क्रान्ती केसीद्वारा निर्देशित म्युजिक भिडियोको प्रोड्युसर राम ढुंगेल रहेका छन् ।
मोडल चौधरी थारु समुदायका चर्चित मोडलका रुपमा चिनिन्छन् । मोडल चौधरीका दर्जन भन्दा बढी म्युजिक भिडियो सुपरहिट भैसकेका छन् । मोडल चौधरी नेपाली, थारु, कठरिया थारु, हिन्दी लगायत गीतमा समेत मोडलिङ गरिसकेका छन् । मोडेल बिर चौधरी कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका २ बौनीयाका स्थायी बासीन्दा हुन् । उनि सो क्षेत्रबाट बिगत लामो समय देखी मनोरञ्जनको दुनीयामा क्रियासील रहेका छन् । कैलाली जिल्लाको प्राय हरेक मेल महोत्सवहरुमा पछिल्लो समयमा चौधरीको उपस्थिती अनिवार्य जस्तै रहने गर्दछ । यसका साथै उनी देसभरीनै हुने बिभीन्न सांस्कृतीक कार्यक्रममा प्राय व्यवस्तनै रहने गर्दछन् ।