‘थाकस कोरियाले थारुहरुलाई दस लाख बढी सहयोग गरिसकेको छ’ [अन्तर्वार्ता]

Wednesday, 4 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कोरिया गएको कति वर्ष भयो ?
पाँच वर्ष भयो। इपिएस परीक्षा पास भएर ८ जुलाई २०१३ मा कोरियाको प्रस्थान गरेको थिएँ।
प्रवासमा बसेर समाजसेवा गर्ने मन कसरी आयो?
इपिएसबाट वर्षेनि सयौं थारुहरु कोरिया आउँछन्। कोरिया आएर विभिन्न समस्यामा पर्ने गरेका छन्। कोहीको दुर्घटना हुन्छ भने कोहीको आपतविपत पर्नेगरेका छन्। ती समस्यामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले थारु कल्याणकारिणी सभाको दक्षिण कोरिया शाखा खोलेका हौं। यहीमार्फत् नेपालका थारुहरुमा आइपर्ने समस्याहरुमा पनि हामीले सहयोग गर्दै आएका छौं।
प्रवास थारुहरुको संस्था खोल्न गाह्रो भएन?
सुरुमा जुनै चिज पनि गर्न गाह्रो नै हुन्छ। हामी केही थारुहरु भेला भएर यसको अवधारणा ल्याएका थियौं। सुरुमा २०-२५ जना थियौं। यो अभियान सञ्चालन गर्दा समाजिक सञ्जालको सहारा लियौं। दक्षिण कोरियाको ठाउँठाउँबाट थारुहरु आबद्ध हुन थाल्नुभयो। पहिलो अधिवेशन राजधानी सोलमा आयोजना गर्यौं। त्यसबेला डेढसय थारुहरु सहभागी भएका थिए। जहाँ सप्तरीका पुष्प चौधरीको नेतृत्वमा शाखा विस्तार भयो।
कुन कुन जिल्लाका थारुहरु सहभागी थिए?
लगभग सबै जिल्लाका थारुहरु सहभागी थिए। बढीजसो सुनसरी, पर्सा, चितवन, रुपन्देही, दाङ, कैलालीका थारुहरु बढी थिए।
थारु कल्याणकारिणी सभा (थाकस)सँग कसरी सहकार्य गर्नुहुन्छ?
हालसम्म कुनै किसिमको सहकार्य गर्न पाएका त छैनौं। तर थाकसकै विद्यानअनुसार हामीले कमिटी गठन गरेका हौं।
थाकसले के गरिदिए हुन्छ जस्तो लाग्छ। थाकसले गर्ने हरेक गतिविधिमा हामीसँग नि सहकार्य गरिदिए राम्रो हुन्थ्यो। हामीले पनि हाम्रो उपस्थिति जनाउनुका साथै सबै किसिमको सहयोग गर्नसक्छौं।
कोरियामा लेबी कसरी उठाउनुहुन्छ। सबैले लेबी दिन्छन्?
हामीले लेबी एक हजार नेपाली रुपैयाँ तोकेका छौं। कमिटीमा बस्नुभएका लगभग सबैले महिनैपिच्छे दिनुहुन्छ। तर सबै साथीहरुले दिनुहुँदैन। म के चाहन्छु भने हामी थारु हकहितकै निम्ति काम गर्दै आएका छौं। यसमा कोरियाका सबै थारु साथीहरु सहभागी भएर लेबी संकलनमा सहभागी भइदिए राम्रो हुन्थ्यो।
साधारण सदस्य कति छन्?
कमिटीमा १७ जना छौं। साधारण सदस्य यतिउति भन्ने छैन। परिआएको खण्डमा सबैले सहयोग गर्नुहुन्छ।
नेपालमा धेरै ठाउँमा सहयोग गर्दै आउनुभएको छ। कोरियामा कसरी चलाउनुहुन्छ सहयोग अभियान?
कोरिया या नेपाल जुनै ठाउँमा पनि थारुहरुलाई समस्यामा परे हामी अग्रसर हुन्छौं। उनीहरुलाई सक्दो आर्थिक सहयोग गर्छौं। आर्थिक सहयोग संकलन गर्दा जिल्लाका एक जनालाई चुन्छौं। जसले आफ्ना जिल्ला सबै साथीहरुलाई सम्पर्क गरी सहयोग उठाउनुहुन्छ।
हालसम्म कतिजति सहयोग गर्नुभयो?
हामीले दस लाख बढी सहयोग गरिसकेका छौं। कोरियामै बंगुरफार्ममा मृत्य भएका थारुको शवलाई उनको घर पठायौं। उहाँको परिवारलाई आर्थिक सहयोग पनि दियौं। नेपालमा आइपर्ने आपत विपत् जस्तै बाढीपीडितलाई, टीकापुर घटनाका पीडितलाई, चितवनका हरेराम महतो, सञ्जित महतोलाई, रुपन्देहीका रीमा चौधरीलगायतलाई हामीले आर्थिक सहयोग गरेका छौं। सानातिना आर्थिक सहयोग पनि हामीले धेरै गरेका छौं।
कोरियामा के कस्तो कार्यक्रम गर्नुहुन्छ?
ठूलो त केही गरेका छैनौं। थारुको नयाँ वर्ष माघी मनाउँछौं। स्थानीय पर्वहरुमा विदाको अवसर पारेर थारुहरु भेला हुन्छौं। सरसल्लाह गर्छौं। खानपिन गर्छौं। विदा सकेर फर्किने साथीहरुलाई विदाई कार्यक्रम गर्छौं। थारु हकहितका लागि विज्ञप्ती निकाल्छौं। कोरियामा १३ वटा जातीय संस्था छ। सबैसँग कोअर्डिनेशन हुन्छ।
अगमी दिनको योजना के गर्ने योजना छ?
कोरियामा भब्य माघी मनाउने योजना छ। त्यसमा थारु कलाकारहरु बोलाउनुको साथै थारु परिकारहरु पनि राख्ने योजना राखेका छौं। कोरिया फर्किएपछि यसको तयारीका लागि साथीहरुसँग सरसल्लाह गरेर अगाडि बढ्नेछौं।
अन्त्यमा के भन्न चाहनुहुन्छ।
कोरियाका सबै थारुहरुलाई थाकसमा आबद्ध हुन आह्वान गर्न चाहन्छु। थाकस कोरियाले चलाउने हरेक अभियानमा सबैजना सहभागी भइदिन आग्रह गर्न चाहन्छु। किनकि हामीले थारुहरुका निम्ति काम गर्दै आएका छौं। कोरियामा जोकोहीलाई समस्या परेपनि आर्थिक भौतिक सहयोग गर्दै आएका छौं। तसर्थ कोरियामा कोही थारुहरु छुट्नुभएको छ भने थाकस कोरियासँग समन्वय गरेर साधारण सदस्य बन्न सक्नुहुन्छ। हामीले गर्ने कार्यक्रममा सहभागी बन्न सक्नुहुन्छ। प्रवासमै रहेर पनि हामीले थारुहरुको विकासका निम्ति आफ्नो सानो योगदान गर्न सक्छौं भन्ने सन्देश कोरियाका थारुहरुलाई दिन चाहन्छु।
[उनी थारु कल्याणकारपणी सभा दक्षिण कोरियाका वरिष्ट उपाध्यक्ष शिव संकर थारु हुन।]
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu