एलएन गच्छदार,,
मोरङ:=मोरङको ग्रामथान गाउँपालिका मुख्य बजार क्षेत्र नेताचौकमा आज देखि विभिन्न ब्रान्डका यामाहा बाईकको दयाराम अटो ट्रेडर्सको दोस्रो शाखा खुलेको छ।
दोस्रो शाखा सोरुमको आज बिधिवत रुपमा उद्घाटन ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष फुलकुमारी चौधरीले गरेकी छिन।
चौधरीले बजार क्षेत्रको बिकास गर्न यमाहा सोरुमले ठूलो भुमिका खेलेको भन्दै शुभकामना समेत ब्यक्त गरिन। त्यसैगरी एम ए डब्लुका बजार व्यस्थापकले यमाहाको ५ किसिमका मोडेल बाईक एकै ठाउँमा पाउनेछन भने सेल्स, सर्भिस र उपयुुक्त पार्टस समेत एकै ठाउँबाट सेवा दिने जानकारी दिएका छन।
नजिकका बजार हरैंचा र झोराहाट नेताचौक भन्दा पुरानो भएपनि व्यपारिक र बजारिकरणका हिसाबले अगाडि छन। यामाहा दयाराम अटो ट्रेडर्सका प्रबन्ध निर्देशक दयाराम खवासले नेताचौक बजारलाई ब्यबसायिक हिसाबले अगाडी बढाउन र आफनो गाउँ ठाउँलाई बिकास गर्न तथा ग्राहकलाई सजिलो र छिटो सेवा सुबिधामा सोरुमले ठुलो भुमिका खेल्ने बताए। त्यसै गरि यामाहा दिप अटो सेन्टरका संचालक दिलिप खवासले सेल्स, सर्भिस र पार्ट्समा कुनै कमि नहुने बताए। अब नेताचौकमा बाईको दुईवटा सोरुम हुनेछ भने यसभन्दा अगाडि बजाजको सोरुम खुलिसकेको छ।