भगतराम थारु,,
नेपालगञ्ज,:= थारु गायक विश्वसागर परियारको दशै देवारी गीतले अहिले थारु गाउँवस्तीमा हंगामा मच्चाएको छ ।दशैं र दीपावलीलाई लक्षित गरी सार्वजनिक भएको गीतले अहिले थारु बस्तीमा बजार लिएको छ । राप्ती सोनारी गाउपालिका बैजापुरका थारु गायक परियार एक पछि अर्को थारु गीत निकाल्दै सफलता हासिल गर्दै आएका छन् । गीतले चर्चा पाएपछि आफू निकै उत्साहित भएको परियारले बताए ।
गायक परियारले नेपालीहरुको महानपर्व बडा दशै तथा दिपावलीको पावन अवसरमा पारेर भर्खरै बजारमा दशैया देवारी बोलको गीत सार्वजनिक भएसंगै गायक परियारलाई झनै उत्साहीत बनाएको गायक परियारले बताए ।
थारु गीत गायरै परियारले थारु समुदायमा चर्चाको शिखर चुम्न सफल हुनुभएको छ । नव गायिका सुनिता चौधरी (फकलपुरान बुदी) र गायक विश्वसागर परियारको दशैया देवारी बोलको गीतमा थारु परम्परागत चलिआएको कलाहरु प्रस्तुत गरिएको छ ।
आरकेसी युट्यूब च्यानल मार्फत सार्वजनिक भएको म्युजिक भिडियो दशैया देवारीलाई लक्षित गरी सार्वजनिक गरिएको हो । शब्द संगीत सुनिता चौधरीकै रहेको छ भने गायक परियार र फकलपुरान बुदीको स्वर रहेको छ ।
म्युजिक भिडियोमा रमेश चौधरी, रविना, रितेश, राधा, सुरज, अनु महतो, अकाश र रितु नानुका अभिनय रहेको छ । दशैया देवारी बोलको गीतमा निर्देशन बहादुर बैरागीले गरेका छन् । म्युजिक भिडियामा एडिटर तथा क्यामरामा रामु चौधरी गरेका छन् ।

