थारु महिला उत्थान समाजको दोस्रो साधारण सभा सम्पन्न/थारु समुदायको दोस्रो आँखा बन्दै

Saturday, 27 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कुल्दिप चौधरी,,
सुनसरी:= सुनसरी रामधुनि नगरपालिकामा थारु महिला उत्थान समाजले आज दोस्रो साधारण सभा सम्पन्न गरेको छ । आरोह अवरोधलाइ पार गर्दै उत्थान समाजले समाजको नेतृत्व गर्दै दोस्रो साधारण सभा जेष्ठ नागरिक सभा हलमा सम्पन्न गरेको हो। 

रामधुनी नगरपालिकाका प्रमुख जय प्रकाश चौधरीको प्रमुख आथित्यमा समुद्द्घाटन भएको कार्यक्रममा चौधरीले सम्बोधन गर्दै (थारु महिला उत्थान समाज) थामसले समाजको हरेक पक्षमा समाज निर्वानका कर्यहरुमा भाग लिदै आएको हुनाल यश संस्थालाई  रामधुनि नगरपालिकाको साथ र सहियोग रहने वताउनु भयो। यसै गरि उप मेयर सविना चौधरी, वडा अध्यक्ष महेश चौधरी,समाज सेवि केशिलाल चौधरी, सेभ द अर्थका प्रमुख पुस्प भटराइ लगायतले मन्तव्य राख्दै वास्तबमा थामसले समाजमा देखिएको चाहे अग्नि पीडित हौस या चाहे  बाढि पीडित,  राहत,  खाधान्न र लत्ताकपडा वितरणमा गरदै आएका छन।  चाहे समाजमा देखिएका रोगी हौस चाहे अपाङ्ग रोगिहरुको लागि शिविर र अपाङ्गहरुको लागि न्यानो  लत्ताकपडा बाडदै आएका छन।

 समाजलाइ जागरु वनाउन वक्तित्वकला, बाल शोषण, महिला हिंसा, महिला साक्षरताका कार्यक्रम संचालन गर्दै आएका छन र आज यसरी थामस समाजका २ अँाखा  वन्न सफल भेएको उदाहरण दिदै अझ सफलताको शिखर चुमौस भनी कार्यकालको शुभकामना दिएका थिए। 

थारु महिला उत्थान समाजकी अध्यक्ष सीता चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाकि अध्यक्ष आशा चौधरीले संस्थाको आय व्य पढेर सुनाएकि थिन ।
कार्यक्रममा समाज सेवि, बुधी जिवि र पत्रकारहरुलाई समान गरेको थियो। कार्यक्रम भविय र सभिय भएको आयोजकले जनाएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu