राम दहित,,धनगढी:= खेम चौधरी र नव गायिका सिर्जना चौधरीको नयाँ गीत ‘जादु करल ऐसिन तोहार ई नजर’ बोलको गित बिन्दास मिडिया यूट्यूव च्यानल मार्फत सार्वजनिक भएको छ ।
सुमधुर स्वरका धनी गायक चौधरी नव गायिका सिर्जना चौधरीको गीत सार्वजनिक भएसंगै स्राताहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । काठमाडौं स्थित संगम डिजिटल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक राम कुमार कठरियाको शब्द संगीत रहेको छ भने कुमार थापाले एरेन्ज गरेका छन् । ‘लभ होगइल’ भन्ने बोलको गीत बाट गीत संगीत क्षेत्रमा डेब्यु गरेका गायक खेमको थुप्रै चर्चित थारू, नेपाली, हिन्दी र भोजपुरी भाषाका गितहरू बजारमा आइसकेका छन् ।
यता नव गायिका सिर्जना चौधरीले ‘कैलाली बौनियामे उ तोहार घर बा’ बोलको गीतबाट संगीत क्षेत्रमा डेब्यु गरेकी हुन् ।भर्खरै सार्वजनिक भएको गीतको डिजिटल मार्केर्टिङ्ग बिन्दास मिडियाले गरिरहेको छ ।

