सुनिल चौधरी
झुम्का:= रामधुनी नगरपालिकामा ग्रामिण र खोलानालाले बढि क्षेत्र ओगटिएको २ नम्बर वडालाई बिकास र समृद्धिकालागी कुम्याहिमा फुटबल प्रतियोगीता सुरु भएको छ । सुनसरी क्षेत्र नं. २ का प्रतिनिधि सांसद सिताराम मेहताले एम्पायरलाई फुटबल हस्तान्तरण गर्दै सनिवार उद्धघाटन गरेको हो ।
प्रतियोगीता उद्धघाटन कार्यक्रममा मेहताले धार्मिक पर्यटक बिकास गर्न सके रामधुनि समृद्धिमा परिनत हुनसक्ने बताए । पर्यटक बिकास र ब्यपारिक हब बन्दै गएकोले रामधुनीलाई बिकास गर्न संघिय,प्रदेश र स्थानिय सरकारको सहकार्य सहमति र एकताहुनुपर्ने बताए । तिन वटै सरकारको सहकार्य हुन सके रामुधनिको चौतर्फि बिकास हुने धारणा ब्यक्त गरे । मेहताले थारु भाषामै बोल्दै खेलकुदको मार्फ वडा नं. २ को बिकासमा जोड दिएको प्रति आयोजकलाई धन्यवाद दिदै संघिय सरकार र प्रदेश सरकाबाट सहयोग उपलब्ध गराउने पहल अगाडि बढाउने प्रतिबद्धता जनाए ।
जन चेतना युवा क्लवका अध्यक्ष राजकुमार चौधरीको सभापतित्वमा भएको उद्धघाटन कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष रामनारयण चौधरी र रामधुनि माबिका प्रध्यानाध्यापक पुर्णलाल चौधरीले वडा बिकास तथा पुर्वाधार समस्या बारे जानकारी गराउदै प्रतिनिधि सांसद र प्रादेशिक सांसदलाई सहयोगकालागी अनुरोध गरेका थिए । प्रतियोगिता उद्धघाटनकालागी प्रदेश सांसद राजिव कोईराला,मेयर जय प्रकास चौधरी,उप मेयर सबिना चौधरी,वडा अध्यक्ष महेश चौधरी,घनश्याम चौधरी,मनेष चौधरी,रुद्र बस्नेत,ईलाका प्रहरी पकलीका प्रमुख अम्बर बहादुर निरौला लगायत स्थानिय समाज सेवि बुद्धि जिविहरुको उपस्थिती रहेको थियो ।
जन चेतना युवा क्लव कुम्याहिको आयोजनामा भएको सो उद्धघाटन खेलमा पचाम मोरंले जित सुरुवात गरेको छ । निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगीदा पेनाल्टि सुटआउटमा पचामले पाँच गोल गर्दै तिज हात पारेको हो ।
तरहरा समुहले ४ गोल गर्दै पराजित भएको हो । नकाउट फुटबल प्रतियोगीता नियम अनुसार तरहरा बाहिरिएको छ भने पचाम जित सुरुवात गरेको छ ।खेलमा उत्कृष्ट म्यान आफदि म्याच पचामका गोल रक्षक दिपेश खवास भएको आयोजकले जनाएको हो ।
प्रथम हुने समुहलाई ट्रफि सहित ३१ हजार र दोस्रो हुनेलाई २१ हजारले पुरस्कृत गरिने छ । त्यसतै प्रत्येक खेलमा म्याद अफ दि म्याच घोषित गर्दै सम्मान गरिने क्लवका अध्यक्ष राजकुमार चौधरीले बताए ।
प्रतियोगीतामा आईतवारको खेल एनवाईसि सुक्चर मोरंग बिरुद्ध भिगोर नेपाल इनरुवाको हुने अयोजकले जानकारी दिएको छ ।
