धिरेन्द्र चौधरी,,
सुनसरी := इनरुवा ३ बस्ने सन्तोष दुलालको घरमा मंगलबार साझ ५ : २० बजे भएको आगलागी बाट ठूलो क्षती पुगेको छ ।
पीडित परिवारका एक सदस्य मिरा दुलालका अनुसार अचानक बिधुत सट भइ आगलागी हुदा दुइ तले पक्की घर र सम्पुर्ण समान गरी करिब अनुमानित एक करोड रकम बराबरको क्षती पुगेको छ ।
आगलागी स्थानीयबासी र इटहरी , दुहबी, धरान र बिराटनगर को बारुण यन्त्रले २ घन्टा पछि नियन्त्रणमा लिएको बताइएको छ ।
