हमार सनेश सहकर्मी ,,
राम अवतार चाैधरी,,
कपिलवस्तु:= थारु गायक बिशाल चाैधरी र गाैरी चाैधरीकाे सुमधुर अावाजमा सजिएकाे"महि बड्नाम करैलाे"अडियाे म्युजिक अाईतबार हमार म्युजिक बगियाबाट सार्वजनिक भएकाे छ ।
उक्त म्युजिकमा विशाल चाैधरीकाे अाफ्नै शब्द रहेकाे छ भने स्वरमा बिशालकाे साथमा गाैरी चाैधरी रहेकी छिन् । त्यसैगरी एरेन्जरमा सुनिल सागर रहेका छन् भने रेकर्डिस्त तितस बैगारबाट भएकाे हाे ।
नव गायक थारुले भने अाफ्नाे घरकाे पारिवारिक अवस्था जटिल रहे त पनि अाफूले एकदमै दु:खका बेदना पाेख्दै निकै संघर्षका साथ अाफू सफल भएकाे बताए । साथमा सांगीतिक क्षेत्रमा लाग्दा अाफूलाई कसै बाट सहयाेग नपाएको गुनासाे ब्यक्त गरे । नव गायक थारुले हालै सार्वजनिक भएकाे अडियाे अाफ्नाे जीवनकै एकदमै नाैलाे अनुभव रहेकाे समेत गायक थारुले बताएका छन् ।
थारु गीत संगीत अहिले भने निकै फड्को मारेकाे छ पछिल्लो समय साे क्षेत्र एकदमै पछाडि परेकाे थियाे । वर्तमान अवस्थामा कपिलवस्तुकै थारु कलाकारकाे क्षेत्र तुलना गर्ने हाे भने हाल सम्म एक दर्जनभन्दा बढी कलाकारहरू जन्मिएको थारु बगियाका संस्थापक मनिष कठरियाले बताउनुभयो ।
तलको लिङ्कमा क्लिक गरि पूरा गित सुन्नुहोस् :-

