भित्री बस्त्र मात्र लगाएर युवती झुण्डिएको अवस्थामा फेला , हत्या की आत्महत्या ?

Tuesday, 20 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काभ्रे := काभ्रेमा क्याम्पस जान भनेर हिडेकी युवती रुखमा झुण्डिएको अवस्थामा फेला परेकीछिन् । सोमबार बिहान ५ बजे कलेज जान भनेर पनौती नगरपालिका–५ की २१ वर्षीया सुधा केसी ७ बजे रुखमा झुण्डिएको अवस्थामा फेला परिन् । काभ्रे क्याम्पसमा बिए दोस्रो वर्षमा अध्ययनरत सुधा बिहान क्याम्पस जान भनेर तयार भईन् तर आमा र सानीआमाले हरिबोधनी एकादशीको दिन कलेज नजान भने ।

आज पढाई हुँदैन होला कपडा खोलेर घरैमा बस भने क्याम्पस नजाउ भनेपछि रिसाएकी सुधा घर बाहिर निस्किएकी थिईन् । धेरै नबोल्ने स्वभावकी सुधाको कसैले हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थल नजिकै ज्याकेट, टि–सर्ट, समिज, जिन्सको पाइन्ट, ट्राउजर तथा चप्पल पनि फेला परेका छन् ।उनले आत्महत्या नै गरेको हो भन्न सकिने अवस्थामा नरहेको प्रहरी बताउँछ । आत्महत्यामा उनकै सल प्रयोग गरिएको काभ्रेका डिएसपी दिपक गिरीले बताए ।

आमाले क्याम्पस नजाउ भनेपछि रिसाएकी सुधाले घरबाट २ मिनेट पर गएर “ल कपडा खोल भनेको होइन” भन्दै रिसाउँदै आफुले लगाएको कपडा खोलेर एकैठाउँमा थुपारेर झुण्डिएको बताईन्छ । उता परिवारले भने छोरीको हत्या नभई आत्महत्या हो भएको भनेर स्वीकार्दे अस्पतालबाट पोष्टमार्टम गरि शव पनि बुझेर लगेका छन् । तर घटना संकास्पद भएको भन्दै प्रहरीले छानबिन गरिरहेको छ ।

 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu