सुनसरी:=थारु महिला सभा जिल्ला कार्य समिती सुनसरीले थारु भाषालाइ कामकाजिको भाषा बनाउन माग गरेको छ ।
इटहरिको एक पार्टी प्यालेसको सभा हलमा थारु समुदायको अगुवाहरुको बीचमा सो बिचार गोष्ठीको कार्यक्रम सम्पन्न भएको थियो। थारु महिला सभा ( थामस ) को जिल्ला अध्यक्ष शुशिला लेखिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा रामधुनी नगरपालिकाका मेयर जय प्रकाश चौधरीको प्रमुख आथित्यमा कार्यक्रमलाई सम्बोधन गर्दै थारु कानुनि व्यवासायीका केन्द्रीय अध्यक्ष रामराज चौधरीले नेपालको आदिवासीहरु मध्ये पुरानो जाती थारु जाती भएकोले यश धार्ती पुत्र थारु जातिको कला संस्कृति संरक्षण र सम्बर्द्धन सरकारले गर्नुका साथै थारु बाहुल्री क्षेत्रमा थारु भाषालाई सरकारि कामकाजिको भाषा बनाउनु पर्ने जोड दिएको छ ।
यसैगरी थारु महिला सभाकी केन्द्रिय महासचिव शुसिला चौधरी , थाकसका केन्द्रिय पुर्व सदस्य दिप ना चौधरी , थाकसकै पुर्व जि. सचिब मनोज चौधरी ,समज सेवि केशिलाल चौधरी, तेज ना चौधरी , टीका चौधरी, थारु चल चित्रका केन्द्रीय अध्यक्ष परशु राम चौधरी लगायतले, थारुहरु पौराणिक समय देखिनै बाघ , भालु, चितुवा, सर्प , बिछि , औलो फौदी र महामारी जस्ता रोग बाट लडदै,यश जमिन लाई कृषि योगय उरवरा जमिन बनाएकोले यस जातिलाइ माथी उठाउन सरकारि निकाय बाट पहल हुनुपर्ने जोड दिएका छन।
यसैगरी कार्यक्रममा समाजमा योगदान पुरयाएका व्याक्तित्वहरु र नोबेल मिस्टर एन्ड मिस थारु आइकोन २०१८ को बिजेताहरुलाइ समान गरेका थिए ।


