हमार सनेश सहकर्मी ,,
बर्दिया := गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारी संस्था सोनाहा विकास समाज बर्दिया र राजापुर नगरपालिका वडा नं—१, को समन्वय र वडा नं—१, दौलतपुरको स्वाथ्य चौकी सहकायर्मा “विश्व चर्पी दिवश —२०७५” मिति २०७५ साल मंसिर ३ गते सोमबारका दिन भब्य रुपमा मनाइएको छ ।
स्थानिय जनसमुदायको सहभागिता, राजापुर न.पा. वार्ड नं.—१, दौलतपुर स्वास्थ्य चौकी अन्तर्गतका स्वय्म सेविकाहरु तथा कर्मचारीहरु र सोनाहा विकास समाजका कर्मचारीको उपस्थितीमा “जव बोलाउछ प्रकृतिले, तव चर्पी अपनाउनु ब्यक्तीले” भन्ने मुल नाराका साथ विश्व चर्पी दिवश ¥याली कार्यक्रम दौलतपुरको स्वास्थ्य चौकीबाट सुरु भई चनौरा, भदालीपुर, चौतारीपुर, दौलतपुर हुँदै फेरी स्वास्थ्य चौकीमा उक्त ¥याली कोण सभामा परिणत भएको थियो ।
उक्त कार्यक्रममा सोनाहा विकास समाजका जनस्वास्थ्य सहायक श्री गोपीराम चौधरीले चर्पीको महत्वकालागि जनचेतनामुलक ¥यालीको कार्यक्रम गरि १७ औँ विश्व चर्पी दिवश मनाउनकोलागि आयोजना गरिएको मन्तव्य दिनु भएको थियो । त्यसै गरि स्वास्थ्य चौकीका प्रमुख श्री नन्दराज शर्माले स्वच्छ वातावरण र स्वास्थ्यमा चर्पीको महत्वबारे सबैमा जनचेतना जगाउनलाई यस्ता कार्यक्रम दिवशको दिन मात्रै नगरीकन हरेक कार्यक्रममा यसबारे विषय जोडेर चर्पीको प्रयोगमा ब्यापकता ल्याउने कुराबारे बोल्नु भएको थियो ।
