पूर्व स्वास्थ्य सहायक मन्त्री स्व. सन्तकुमार चौधरीको स्मृतीमा स्वास्थ्य शिविर(फोटो फिचर सहित)

Sunday, 4 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सन्तकुमार चौधरी 
चितवन:= पूर्व स्वास्थ्य सहायक मन्त्री स्वर्गीय सन्तकुमार चौधरीको स्मृतीमा पूर्वी चितवनको बैरहनीमा शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
स्वर्गीय चौधरीको १३ औं दिनको अवसरमा खैरहनी नगरपालिकाको वडा नं. ९ बैरहनी स्थित आधारभूत विद्यालयमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरमा २ सय ५० जना जनाले स्वास्थ्य परीक्षण गराएका छन् । 

केयर पोलिक्लिनीक प्रा.ली पर्साले आयोजना गरेको स्वास्थ्य शिविरको थारु कल्याणकारिणी सभाकी पूर्व केन्द्रीय सदस्य चन्द्रकुमारी चौधरीले उद्घाटन गर्नुभएको थियो । 
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएकी चौधरीले स्वर्गीय सन्तकुमार चौधरीको योगदानलाई भुल्न नसकिने बताउनुभयो । उहाँ स्वर्गीय चौधरीको बुहारी समेत हुनुहुन्छ । केयर पोलिक्लिनक प्रालिका डा.मानसिंह चौधरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष होमकुमार पुन, आभारभूत विद्यालय व्यवस्थापन समिति बैरहनीका अध्यक्ष परसुराम चौधरी, सोही विद्यालयका प्रधानाध्यापक जीवनकुमार चौधरी, खैरहनी युवा क्लबका अध्यक्ष विक्रम पंजियार, पर्सा साना शहरी खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका अध्यक्ष शेरमान तामाङ लगायतको उपस्थिती थियो । 

शिविरमा पेट छाती, मुटु, मधुमेह तथा थाइराईड विशेषज्ञ डा. गौरीराम महतो, मेडिकल अफिसर सहयोगी डा. सचिन चौधरी, गाइनोलोजिष्ट डा. बन्धना खनाल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. अरुण सिग्देल लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए । पूर्व सहायक स्वास्थ्य मन्त्री सन्तकुमार चौधरीको ८० वर्षको उमेरमा निधन भएको थियो । 
थारु कल्याणकारिणी सभाको शोक सभा -
यसैबीच चितवनका थारु अगुवाहरुले स्वर्गीय सन्तकुमार चौधरीको निधनले थारु समुदायमा ठूलो क्षति पुगेको बताएका छन् । थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ ले खैरहनी ९ बैरहनी स्थित निवासमा आयोजना गरेको शोकसभामा बोल्ने थारु अगुवाहरुले थारु समुदायमा ठूलो क्षति पुगेको बताए हुन । थारुहरुको अभिभावकै रुपमा रहनुभएका चौधरीको निधनपछि आफुहरु टुहुरो भएको बताउँदै उहाँको योगदानको प्रशंसा गरेका थिए । 

थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ का सभापति चुडामणी चौधरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललितकुमार चौधरी, पूर्व अध्यक्ष जोखा चौधरी, केन्द्रीय सदस्य लक्ष्मी चौधरी, थारु पत्रकार संघका केन्द्रीय सदस्य सन्तकुमार चौधरी लगायतले स्वर्गीय सन्तकुमार चौधरीको योगदानको प्रशंसा गरेका थिए । 

स्वर्गीय चौधरी थारु कल्याणकारिणी सभा चितवनका दोश्रो सभापतिको रुपमा काम गर्नुभएको थियो । पदमपुरको जिपुर संझौटमा जन्मिनुभएका चौधरी प्रधानपञ्च, हुँदै सांसद सँगै सरकारी सेवामा समेत रहेर काम गर्नुभएको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu