जियालाल चौधरी ,,
कोल्हवी:= जय बिश्वकर्मा सिकर्मी डकर्मि मजदुर संघ कोल्हबिको आयोजनामा आइतबार एक समारोहका बिच दिपावली र छठ पर्बको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथिमा कोल्हबी ना. पा.१ का वडा. अध्यक्ष बिरेन्द्र प्रशाद चौधरी , विशिष्ट अतिथि निजगढ सिकर्मी संघ का अध्यक्ष शिव बहादुर श्रेष्ठ, सचिब बिनोद चौधरी ,कमला थापा रेग्मी , कोल्हबी ना. पा . वडा न.७ का वडा अध्यक्ष बिरेन्द्र चौधरी, तामगदी बनका सन्योजक रबिन्द्र पनुहर ,कोल्हबी बजारका अध्यक्ष एबम राजपाका नगर अध्यक्ष हरिचन्द्र पनुहर, समाजसेबी गोबिन्द पौडेल, राजहरन चौधरी, बिरेन्द्र पनुहर, ईलाका प्रहरी कार्यालय कोल्हबी का प्रहरी सहायक निरिक्षक सर्फ लाल राई यादव, सशस्त्र प्रहरी कोल्हवीका प्रमुख राजकुमार जरा मगर तथा ब्यापारी ,बुधिजिबी र समाजसेवी हरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राखदै प्रमुख अतिथि बिरेन्द्र चौधरीले हरेक जात बर्ग लाई अगाडि बढ्न एकताको आवस्यक पर्ने भएको हुदा यस जय बाबा सिकर्मी डकर्मिमा आबद्ध सम्पुर्ण सदस्यहरुलाइ काधमा काध मिलाएर जानकोलागी सल्लाह दिनुभयो ।तेस्तै शुभकामना ब्यक्त गर्दै कोल्हबी ना. पा. ७ का अध्यक्ष बिरेन्द्र चौधरीले यस ना. पा. को तर्फबाट इन्जिनियरमार्फत डकर्मीहरुलाइ आवश्यक सल्लाह र तालिमको ब्यस्था गराउने जानकारी दिनु भयो।
कार्यक्रममा पुर्ब गा.बि.स.अध्यक्ष राजहरन चौधरी , थारु कल्याणकारी कोल्हबी गाउँ इकाई को कोषाअध्यक्ष भुवन चौधरी, समाजसेबी गोबिन्द पौडेल,कृपा दैनिकका पत्रकार जियालाल चौधरी लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा सभापति रामचन्द्र चौधरी रहनु भएको थियो। स्वागत मनत्बय राजेन्द्र बछ्छारले राख्नु भएको थियो भने कार्यक्रमका संचालन धिरेन्द्र पनुहर र सबिता थपलियाको रहेको थियो ।
