धिरेन्द्र कुमार चौधरी,,
रामधुनी:=भाई बहिनीको अपार प्रेमको प्रतिक मानिने थारु समुदायको समाचकेवा पर्व शुरु भएको छ । तिहारको भाई टिकाका दिनदेखी शुरु भएको पर्व मंसिर महिनाको पुर्निमाका दिन सम्म पर्व मान्ने चलन रहेको छ।
यस बेला आदिबासी थारु बालबालिका, युवति, महिलाले घर घरमा समा चकेवाको मुर्ति बनाइ साझमा एकै ठाउ भेला भई डहकौन र आसिस गित गाउने चलन रहेको छ । पौराणिक कालदेखी थारु महिलाले मनाउदै आएको समाचकेवा पर्व मनाउन नया पुस्ताले चासो नदेखाउदा ओझेल परेको छ ।
थारु महिला सभा रामधुनी बडा १ का अध्यक्ष लिली चौधरीले समाचकेवा पर्वको महत्वलाई उजागर गर्नका लागी समा सामिन कार्यक्रमको तयारी भैरहेको जानकारी दिए ।
थारु अधिकारका क्षेत्रमा काम गदै आएका रामधुनी १ का केसीलाल चौधरीले यो पर्व थारु समुदायका महिलाले पौरानिक काल देखी मनाउदै आएको बताए । उनका अनुसार बुढा पाकाको कुरा सुन्दा सत्य युगमा राजाको एउटा छोरी र एउटा छोरा थिए । छोरी धर्म कर्ममा बढी बिश्वास गरेका कारण कुटीमा पुजारी कहा पुजा गर्न र ज्ञान लिन जान्थे । खराव व्यक्तिले राजाको छोरीको बारेमा गलत कुरा गरेछ । राजा खराब व्यक्तिको कुरामा लागी छोरीलाई सराप दिएछ । सजाई स्वरुप जंगलमा पंक्षी भएर बस्न भनेछ । उ पंक्षी भइन, राजाको छोरा घर आउदा बहिनी लाई खोज्दा सबै थाह पाएछन् । राजाको छोरा म पनि बहिनिको रेखदेखमा जान्छु भनेछ ।
छोराको हट राजाले नकार्न सकेनन । जंगलको एक पोखरीमा सभा चकेवा बनी स्रापको समय बिते पछी भाई बहीनी घर पर्केछन् । यस अबधि सम्म राजकुमारले आफना बहीनी रक्षा गरेको धार्मिक मान्यता छ । राजाको छोरी पबित्र रहेको सबैले थाह पाए पछी राजाले बाजा गाजा सहित छोरीलाई स्वागत गरेछन । यसकै सम्झना स्वरुप पर्व मनाउदै आएको धार्मिक मान्यता रहेको चौधरीले बताए ।
