कुलदिप चौधरी,,
सुनसरी :=थारू कला संस्कृत जगेर्नाका निम्ति समाज सुधार युवा कल्वले रामधुनिको ढेरि गाउँमा सासंस्कृति खुल्ला नृत्य प्रतियोगिता कार्यक्रम सप्पन्न गरेको छ । ग्रामीण स्तरमा रहेका कलाकारहरुको कला प्रस्फुटन गर्नका निम्ति सो कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा ३२ वटा गाउँ र टोलले नृत्य प्रतियोगिताको लागि भाग लिएको थियो। प्रतियोगिताहरुको लागि क्रमशः ३०००, २०००,१००० र सान्तवना ५०० नगद साथमा मायाको चिनो र मेटल को आयोजकले ४ पुरस्कारको व्यवस्था गरेको कमिटीले जनाएको छ । रामधुनी न. पा.को उपमेयर सबिना चौधरीले कार्यक्रमलाइ समुद्दघाटन गर्दै यश कार्यक्रमले थारु कला संस्कृत जगेर्ना गर्नुका साथै गाउँ स्तरका बालवालिका, बृधा र महिला सजन बृन्धमा अगाडि बढने हौसला प्रदान गरेको बताए ।
समाज सुधार युवा कल्वले गाउँमा रहेका १,२, र ३ मा अध्यनरत राम्रो जेहन्दार बिधार्थिहरु लाई हौसला प्रदान गर्न सम्मान गरेका छन । यसैगरी बृधा , शिक्षक र समाजका महत्वोपुर्ण व्यातित्वहरुलाइ समेत सम्मान गरेको कार्यक्रमका सभापति रन्जित चौधरीले जानकार दिएका छन।
नृत्य प्रतियोगितामा क्रमशः प्रथम kts युवा कल्व करैवोना, दोस्रो महुलिया क्ल्व, तेस्रो राम धुनी युवा कल्व र सन्तवनामा प्रभात युवा कल्व भएका छन।साथै कार्यक्रममा नोवेल मिस्टर एन्ड मिस थारुनिका प्रतियोगिहरुलाइ सम्मान गरेको थियो।
