मलाई बचाउन मेरी श्रीमती सेनाबाट बलात्कृत हुनपर्‍यो : रामनारायण थारु

Sunday, 18 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थारुवान,,
बिहानैदेखि उनी खेतमा काम गरिरहेका थिए । गहुँ छर्ने समय थियो । खेतका आलीहरु ताच्छै थिए उनी । अचानक उनको नजिकै दुई तीन जनाको संख्यामा सैनिक आए । त्यति नै बेला नजिकैको गाँउमा बम पड्केको थियो । तर खेतमा काम गर्दैगरेका राम नारायण थारु समातिए । 
सैनिक जवानहरुले काम गर्दै गरेका थारुलाई ‘तिमी माओवादी हो’ भन्दै समात्यो । थुनामा लगेर शारीरिक यातना दिन थाले । सैनिकले थुनामा राखेर माओवादी होस् भन्दै कुटपिट गरेको उनी बताँउछन् । उनी भन्छन्, ‘आफू माओवादी नहुने कुरा बताउँदा पनि जबर्जस्ती समातेर बम विस्फोट भएको ठाँउमा लगेर पालैपालो कुटे ।’
थुनामा रहँदा उनका श्रीमती भेट्न आउँदा किन आएको भेट्न, यो तेरो बुढा होइन, माओवादी हुन् भनि बुढीलाई र बच्चालाई समेत लठ्ठीले कुटेर यातना दिई घर पठाएको उनले बताए ।
श्रीमतीलाई सेनाले गरेको कर्तुत सुन्दा कहिलेकाहीँ त बरु मरेको भए पनि बेश हुने उनी सुनाउँछन्। ‘मलाई बचाउन मेरी श्रीमती सेनाबाट बलात्कृत हुनप¥यो । त्यतिबेला लाग्यो, म किन बाँचेछु ।’
१० वर्षे माओवादी जनयुद्धकालमा यो घटना घटेको थियो । जतिबेला दिनदहाडै बमबारुद्धको वर्षात् हुन्थ्यो, कति परिवारविहीन भए, बेपत्ता पारिए, जनधनको क्षति हुन पुग्यो । देशभर यस्ता घटना घटिरहँदा बाँके जिल्लामा पनि यो घटना हुन पुग्यो । जहाँ रामनारायण थारुले प्रत्यक्ष रुपमा आफूले भोगेको वास्तविक नियतिलाई यसरी पोखेका हुन् ।
राम नारायण थारुको अडियो सुन्नुहोस्
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu