अविस्मरणीय बन्जरिया साहित्यिक कार्यक्रमकाे यात्रामा सहभागी हँदाकाे एक पल ॥

Wednesday, 21 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम अवतार चाैधरी,,
कपिलवस्तु:=शिवराज न.पा.३, भितरिया कपिलवस्तुदेखि कात्तिक १६ गते बिहान करिब ६: ३० बजे गुलरिया लाई गन्तव्य बनाई मैले सुरु गरेकाे यात्रामा लमही(दाङ) पुग्दा सुनमा सुगन्ध थपे झै छविलाल काेपिला र निम बहादुर सर सँग रमाइलो यात्रा भइरहँदा साझा लगभग साझा ५ बजे हामी गुलरिया पुगेका थियाे।
   
     गन्तव्य स्थानमा हामी बसबाट अाेर्लिदाँ सागर कुस्मी, अंकर अन्जान सहयात्री, बलराम चाैधरीलगायत अन्य साहित्यकारहरूसँग भेटघाट भएकाे थियाे । यत्तिकैमा हामी थारु अपसेट प्रेसमा चियापानमा ब्यस्त भयाैँ । त्यसपछि गुलरिया देखि करिब ४ किलोमिटर पर्ने बन्जरिया गाउँका सह्रानिय कार्य गरिरहेका अहाेरात्र खतियरा समाजसेवामा निरन्तर याेगदान पुर्‍याउँदै अाईरहेका बन्जरियाबासी थारु समुदायको ऐतिहासिक बैल गाडी(डल्लफ) लियर हामीलाई बन्जरिया गाउँ सम्म लैजान अाइरहेका थिए । त्यहि क्रममा हामी साहित्यकारहरूकाे टाेली ग्रेभल बाटाेमा हिँडिरहेका थियाे । साहित्यकारका टाेली र बैल गाडीकाे बीच बाटाेमा जम्का भेट हुँदा बैल गाडी त्यहीँबाट फर्किएर हामी पुनः डल्लफ यात्रा सुरु गर्याैँ ।

     त्यसपछि करिब हामी साझा ६ बजेतिर बन्जरिया गाउँ परस्थान गर्दै गर्दा बन्जरिया गाउँबासी दिदी बहिनी तथा दाजुभाइ फुल माला लिएर हामी साहित्यकारहरूलाई स्वागत गर्न अातुर भएका थिए । किनकि त्याे गाउँमा बहिराबाट अतिथि बाेलाएर पहिलाे पटक भब्य कार्यक्रमको अायाेजना भएकाे रहेछ । अनि मलाई एकदमै अनाैठाे महसुस भयाे कि हाम्रो गाउँ लगायत मैले अनुभव गरेकाे कपिलवस्तु जिल्लामा समेत थारु समुदायमा यस्ताे साहित्यिक कार्यक्रमको अायाेजना गरिएकाे छैन् । त्यसपछि मैले तुलना गर्न समेत पछि परेन जब कि बन्जरिया गाउँमा जम्मा जम्मी ६४ घरधुरी राहँदा समेत यस्तो राम्रो कार्यक्रमको अायाेजना गर्न सक्छ भने हाम्रो भितरिया गाउँमा ७५ घरकुरिया भएर एउटा राम्रो कार्यक्रमको अायाेजना गर्न नसक्ने । अनि मलाई अात्मागलानी महसुस हुन लागेकाे थियाे ।

       त्यस लगत्तै हामी बन्जरिया गाउँका  मुखिया(भलमंसा) काे घर हामी साहित्यकारहरूकाे दुई दिने बास रहेयाे । हामी खानपिनमा निकै ब्यस्त भएका थियौं । तर त्याे भन्दा पहिले टाढाबाट अागमन गरेका अतिथिहरूकाे स्वागतमा सबैकाे खुट्टा धाेइदिने त्यहाँको चलन भने मलाई चित्ता नबुझेकाे रहेछ । किनभने अ-अाफ्नाे ठाउँमा सबैकाे ठूलाे मान मर्यादा हुँदाेरहेछ । खानपिनमा पनि कपिलवस्तुका थारु परम्परागत संस्कृति भन्दा बिलकुलै भिन्न राेचक थियाे । यसैबीच खानपिन सकिए पछि उक्त गाउँ बासी लगायतको परिचयात्मक कार्यक्रम र बन्जरिया साहित्यिक कार्यक्रमकाे तयारी सहित राती करिब १० बजे सबै सुत्ने तयारीमा जुटेका थियौं ।

     त्यस पछि गत कात्तिक १७ गतेकाे दिन बिहान चिया नास्तासँगै पुनः हामी गफिएका थियौं । अनि गफ सकिए सि बन्जरिया वन उपभोक्ताले संरक्षण र सदुपयोग गर्दै अाईरहेका ताल लगायत जंगल समेत अवलाेकन गरेका थियाैं । जंगल अवलाेकन पछि पुन: हामी साहित्यिक कार्यक्रम तर्फ जाेडिएका थियाैँ । करिब दिउँसो १२ बजेतिर सुरु भएकाे कार्यक्रममा मिठा-मिठा भावना, मुक्तक, गजल र कविता समेत साहित्यकारहरूले बाच्न गर्दै लगभग ५ बजेतिर समापन भयाे । अनि त्यस लगत्तै हामी पुन: दैनिकी खानपिनमा ब्यस्त भयाैँ । अनि फेरि अा-अाफ्नाे बिस्तरामा अाराम तर्फ गयाैँ । अनि अर्काे दिन हामी टाढाका अतिथि मात्र त्यहाँ बाँस गरेका रहेछाैँ ।
     सबेरै फेरि चिया नास्तासँगै थारु संस्कृतिसँग भलाकुसारी लगायत बन्जरिया साहित्यिक कार्यक्रमकाे समिक्षा गर्दै साे गाउँबाट छुट्टिने मन नहुँदा हँदै पनि विदाईका हात हल्लाउन बाध्य भएका थियाैँ त्यतिबेल । पुनः जन्मभुमि र कर्मभुमि तर्फ करिब ४ कलाेमिटरकाे पैदल यात्रा गर्दै गुलरिया चाेकसम्म पुगेका थियाैँ । त्यसपछि फेरि साहित्यकार सागर कुस्मी, अंकर सहयात्री,, बलराम चाैधरी र छविलाल काेपिला अनि म राम अवतार लगायत साहित्य प्रेमीहरूकाे नेपालकै नितान्त पश्चिम र नैपालकै ठुलाे पुल महाकाली घुमघाम पछि अा-अाफ्नाे गन्तव्य तर्फ लगेका थियाैँ ।
 
     त्यसमध्ये म एकलिएका थिएँ । साझा ५:३० बजे महाकाली देखि काठमाडौं गुड्ने गाडीमा अविस्मरणीय कष्टकर करिब १० घण्टाकाे यात्रा पश्चात् राती ३ : ४० बजे खरेन्द्रपुर (चन्द्राैटा) अाेर्लिएर ४ बजेतिर घर पुगेकाे थिए । मेराे जीवनकाे पहिलाे एकदमै नाैलाे र अनाैठाे यात्राकाे सारथि बनेर मलाई अाज सम्मकाे स्थानमा डाेर्यार भरिपूर्ण साथ सहयाेग र घृणा गर्ने प्रति हार्दिक अाभार प्रकट गर्दै अविस्मरणीय यात्रालाई विट मार्दै पुन: यस्तै यात्राको प्रतीक्षा गर्दै- गर्दा कलम बन्द गर्ने अनुमति चाहन्छु । धन्यवाद !

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu