थारू जातिको इतिहास खोजी/रामधुनीबाट वृत्तचित्रको शुरूवात

Thursday, 8 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
रामधुनी ( सुनसरी ):= आदिवासी थारू इतिहास खोतल्दै वृत्तचित्र / सानो फिल्म ( डकुमेन्ट्री ) तयारीको शुरूवात गरेको छ । बुधबार यहा रामधुनी ७ मा रहेकोे रामधुनी युवा क्लबको आयोजनामा अखारी पसारी सिरुवा उसारी नामक वृत्तचित्रको पुर्व समिक्षा कार्यक्रम सप्पन्न भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि रामधुनी ७ का वडा अध्यक्ष केशव गौतमले थारू जाती सस्कार सस्कृतिमा धनी रहेकोेले यसको संरक्षन आबश्यक रहेको बताए । नपाकी उप प्रमुख सबिना चौधरीले थारु जातिको भाष लिपि खोजी गर्नु आबश्यक रहेको बताए । थारू कानुन ब्यबसायी सभाका केन्द्रिय अध्यक्ष रामराज चौधरीले इतिहास , भाष सस्कृती जगेर्नाका लागी वृत्तचित्र महत्त्वपूर्ण हुने धारणा राख्दै यो कार्यक्रम थारूका लागी नेपालमा पहिलो रहेकोेले यसलाई सफल बनाउन सबैको सहयोगको खाचो रहेको भने ।


आयोजक सस्थाकी अध्यक्ष फुलो कुमारी ( दिपा ) भालु चौधरानले थारु जातिको इतिहास झल्काउने वृत्तचित्र निर्माणका लागी सबैको सहयोगको आशा राखिन । कार्यक्रममा थारू महिला सभाकी केन्द्रिय सचिव शुसिला चौधरी , थामस, सुनसरीकि अध्यक्ष शुसिला लेखी, थामस रामधुनिकी अध्यक्ष सिता चौधरी , पुर्व सुनसरी जिबिस सदस्य गणेश प्रसाद गुरागाइ, बक्लौरी पुर्व गाबिस अध्यक्ष सत्यनारायण राजधानी , रामधुनी नपाका वडा अध्यक्ष घनश्याम चौधरी , हेम नारायण राजधानी , फोनिज सुनसरीका अध्यक्ष धिरेन्द्र चौधरी लगायतका वक्ताले सस्कार सस्कृती जगेर्नाका लागी वृत्तचित्र महत्त्वपूर्ण हुने बताए ।

 त्यसैगरी कार्यक्रममा पर्शुराम , केशिलाल, मनोज , राम कुमार , पुरन चौधरी लगायत सम्पुर्ण वक्ता थारु भाषामा शुभकामना प्रकट गरेका थिए ।







Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu