छैठौं खिचरा महोत्सव चितवनमा आजबाट सुरु हुँदै ।(भिडियो रिपोर्ट सहित हेर्नुस्)

Saturday, 12 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सञ्जय चौधरी,,
चितवन:= धर्तीपुत्रका रुपमा परिचित थारु समुदायले चितवनमा सञ्चालन गर्ने ‘छैठौं खिचरा महोत्सव आज बाट सुरु हुदैछ । 
थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ ले आयोजना गरेको सो महोत्सवको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले दिउँसो १२ बजे उद्धघाटन गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक चुडामणी चौधरीले जानकारी दिनुभयो ।

यसवर्ष महोत्सव परिसरमा चिटिक्क परेको थारु मिनि गाउँ निर्माण गरिएको छ । महोसव उद्धघाटन पूर्व पर्सा बजारको मगनि चोकमा बिहान ११ बजे जम्माभई पर्साको चौबिसकोठी हुदै पुरानो पर्सा हुदै महोत्सव परिसर सम्म वृहत शोभायात्रा निकालिने आयोजकले जानकारी दिएको छ । शोभायात्रामा विभिन्न जातजातिका झाँकी, संघसंस्था, आमा समुह, टोल बिकास संस्था, क्लव लगाएतका संघसंस्थाहरुको सहभागिता रहने शेभायात्रा व्यवस्थापन समितिकी संयोजक कौशिला चौधरीले जानकारी दिनुभयो ।

महोत्सवलाई लक्षित गरी नयाँ पर्सा र पुरानो पर्सा बजार ध्वजा पतकाले सिंगारिएको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान” भन्ने नारासहित पूर्वी चितवनको खैरहनी नगरपालिका–५, गौचरनमा महोत्सव पुस २८ देखि माघ ८ सम्म चल्ने छ । पुस २८ देखि माघ ८ सम्म आयोजना हुने महोत्सवमा थारु खानाका परिकारका स्टल लगाएत २०० स्टल रहनेछ । 

महोत्सव परिसर भित्रै थारु खानाका परिकार घोङ्घी, चिचर, माछा लगाएत अन्य फुड फेष्टिबल हुनेछ । महोत्सवमा बाल उद्यान, मनोरञ्जनात्मक खेलहरु पनि महोत्सव परिसरभित्र राखिनुका साथै ११ दिन सम्म चल्ने महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय कलाकार तर्फ काली प्रसाद बासकोटा, अञ्जु पन्त, दिपक बज्राचार्य, आस्था राउत, काउली बुढी, हेमन्त शर्मा, मिलन लामा, सुनिल पण्डित, अर्जुन कौशल, सुरेश लामा, अल्मोडा राना, पशुपति शर्मा रहेका छन् भने थारु कलाकार तर्फ मनोज महत्तो, सन्जय चौधरी, श्री निवास चौधरी, अनु चौधरी, अमितसिंह चौधरी, रोहितसिंह चौधरी, नरेश जोगी, निकिता मण्डल थारु, आर के चौधरी ¥यापर लगायतका थारु कलाकारहरुको सहभागिता रहेने सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक जयश चौधरीले जानाकारी दिनुभयो ।

यस वर्षको महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ भने महोत्वसवमा करिव १ करोडको कारोबारहुने आर्थिक समितिका संयोजक टिकेन्द्र चौधरीले जानकारी दिनुभयो । महोत्सवमा आउनेहरुलाई लक्षित गरी यस वर्ष आँखामा पट्टि बाधेर हाँस समाउने प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, स्लो साईकल रेश, भेटरान दौड (४० बर्ष भन्दा माथि) ,डुंगा सयर, हाजिरी जवाफ प्रतियोगिता, अन्तर विद्यालय चित्रकला प्रतियोगिता, रक्तदान कार्यक्रम लगाएतका कार्यक्रमहरु रहेको संयोजक चौधरीले बताउनुभयो।

महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि ५० रुपैयाँ टिकट शुल्क लाग्ने र विद्यार्थीका लागि ( परिचय पत्रका आधारमा) ३० रुपैयाँ टिकट लाग्ने जनाइएको छ । साथै ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई निशुल्क अबलोकन गर्न व्यवस्था गरिएको छ ।
हमार सनेश ड्टकमका ब्यवस्थापक/ब्यवस्थापिका नबिने चौधरी र दिपा महतले तयार पारेको भिडियो रिपोर्ट हेर्नुहोस :-
                    
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu