थारु संस्कृति जगेर्ना गर्दै ९अाैँ कपिलवस्तु महाेत्सवकाे तयारी अन्तिम चरणमा

Tuesday, 15 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम अवतार चाैधरी,,
चन्द्राैटा(कपिलवस्तु):= नवौँ कपिलवस्तु माघी (खिचडी) महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । "हम्मन संस्कृति हम्मनके शान, पहिचान बचएना हम्मनके अभियान" भन्ने मुल नाराका साथ सञ्चालन हुने महाेत्सव यहि माघ २ गतेदेखि ४ गते सम्म चल्ने अायाेजकले बताएकाे छ ।

     थारु कल्याणकारी सभा कपिलवस्तुको आयोजनामा हुना लागेको महोत्सवको आवश्क सबै तयारी पुरा भएको महोत्सवका संयोजक उमाशंकर थारुले बताउनुभयो ।

     सोमवार चन्द्रौटामा पत्रकार सम्मेलन गर्दै महोत्सवलाई सव्य भव्य रुपमा सम्पन्न गर्न सवैको सहयोग आवश्यक रहेको महाेत्सव संयाेजक थारुले बताउनुभयो । ९ वर्ष सम्म आइपुग्दा थारु समुदायको पहिचानलाई संरक्षण तथा संस्कृतिको जगेर्ना गरेको आयोजकले दावी गर्दै अब भने अार्थिक, शैक्षिक र राजनैतिक उद्देश्य पूरा गर्ने तर्फ जाेड दिनुपर्ने अायाेजकले बताएको छ ।

     माघी महोत्सवमा थारु खानाका परिकार, थारु समुदायको हस्तकला सामाग्री ढकिया र थारु साँस्कृतिक पहिचान झल्किे पहिरन लगायतको नृत्य समेत प्रस्तुत गरिने संयोजक थारुले बताउनुभयो । कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य सुमित्रा थारुले माघी पर्वलाई थारु समुदायले नयाँ वर्ष २६४३ को रुपमा मनाउने गरेको बताइन् ।

     कपिलवस्तु जिल्लामा प्रत्येक वर्ष महोत्सव आयोजना गरी थारु समुदायलाई अग्र स्थानमा ल्याउन प्रयास गरेकोमा जिल्ला कमिटिलाई धन्यवाद दिइन् । महोत्सवले स्थानिय कलाकारहरुलाई समेत अवसर प्रदान गर्ने भएकोले महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न आयोजकलाई सुझाव दिएकी थिइन् ।

     नेपालका विभिन्न जिल्लाहरुमा थारु कल्याणकारी सभाले कार्यक्रमहरु आयोजना गरेकोले यसले थारु परिकारहरु तथा हस्ताकला सामाग्रीहरु लोप हुन बाट बचाउने दावी गरिन् ।थारुले सबै समुदायका जातजाति मिलि एक अर्काको चाँड पर्वलाई सकारात्मक सहयोग र सम्मान सहित एकजुट भई सफल बनाउन आग्रह समेत केन्द्रीय सदस्य थारुले गरिन् ।

     महोत्सवमा राष्ट्रिय  तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने समेत रहने मेलाका साँस्कृतिक संयोजक श्रीनिवास चाैधरीले बताए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu