हमार सनेश सहकर्मी ,,
काठमाडौं:= नेपाली सेनालाई टुँडीखेल नदिएका कारण काठमाडौंमा थारु समुदायले माघी महोत्वस मनाउन नपाउने अवस्था सिर्जना भैरहेका बेला सत्तारु नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद एवम् नेतृ शान्ता चौधरीले बेवास्ता गरेकी छिन् ।
आइतबार बसेको संसदको बैठकमा शून्य समय लिएर धारण राखेकी सांसद चौधरीले ‘माघी पर्वको अवसरमा देश विदेशमा रहनुभएका थारु समुदायलाई शुभकामना छ’ मात्रै भनेकी थिइन् ।तर, सांसद चौधरीले सेनाबाट थारु समुदायमाथि भएको अन्यायका बारेमा एक शब्द पनि बोलिनन् । नेकपाको नेतृ समेत रहेकी चौधरीले सेनाले टुँडीखेलमा माघी महोत्सव गर्न नदिएको बारेमा केही बोल्छिनकी भनेर धेरैले आशा लिएका थिए ।
कतिपय थारु अगुवाहरुले त समाजिक संजालमा शान्ताको चर्को बिरोध गर्दै पुर्व एमाले पार्टिकी कमलरी भन्ने उपनाम समेत दिइएको छ।
टुँडीखेल नदिएको विषयमा सांसद चौधरीले एक शब्दा पनि नबोलेपछि धेरै थारु अगुवाहरूले चिन्ता जनाएका छन् ।सत्ताको आडमा नेपाली सेनालाई दवाव दिएपछि टुँडीखेल थारु कल्याणकारिणी सभालाई नदिएर नेपाल मगर संघलाई टुँडीखेल उपलब्ध गराइएको छ ।
गारु अभियन्ता र नेताहरूले सेनाबाट भएको अन्यायपूर्ण व्यवहारको विरोध गरेका छन् । थारु युवाहरूले सामाजिक सञ्जालमा सेना र सत्ता पक्षको चर्को आलोचना र विरोध गरिरहेका छन् ।
उपत्यकामा बसोबास गर्ने थारु समुदायले थारु कल्याणकारीणि सभाको अगुवाईमा थारु राष्ट्रिय माघी महोत्सव २०७५ अब भने चुच्चेपार्टीमा अवस्थित हायत होटलको ठूलो ग्राउन्डमा भब्य मनाउने तयारी गरिरहेको छ।