९ औं कपिलवस्तु माघी महाेत्सवकाे यसरी भयाे समापन ।(तलको लिङ्क खोली हेर्नुस्)

Monday, 21 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चाैधरी,,
कपिलवस्तु:= नवाैं कपिलवस्तु माघी (खिचडी) महाेत्सव एवम् नव बर्ष-२०७५ कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ । जिल्लाको शिवराज नगरपालिका-५, चन्द्राैटा स्थित प्रदर्शनी स्थलमा सम्पन्न भएकाे अायाेजकले बताएकाे छ ।

     "हम्मन संस्कृति हम्मनके शान, पहिचान बचएना हम्मन अभियान" भन्ने मुल नाराका साथ ३ दिन सम्म सञ्चालन रहेकाे महाेत्सव शुक्रबार राति समापन भएकाे छ । महाेत्सव समापनका प्रमुख अतिथि रहनु भएका प्रदेश नं.५, का सदस्य अर्जुन कुमार केसी कार्यक्रमलाई सम्बाेधन गर्दै नेपालमा सबैभन्दा साँस्कृतिक धनी दुईवटा जाति छन्, जस मध्य मधेसमा थारु समुदाय एक नम्बरमा र अर्को पहाडमा थकाली जाति रहेका छन् । 

     जातीय साँस्कृतिक पहिचान बचाउन थारु समुदाय निकै अगाडि रहेकाेमा खुसि व्यक्त गर्दै डकर्मी देखि लिएर सांसद सम्म थारु समुदाय पुग्न पछि नरहेकाे केसीले उल्लेख गर्नुभयो । उहाँले महाेत्सव साेँचे भन्दा निकै राम्रो सम्पन्न भएकाे भन्दै कपिलवस्तुको विभिन्न स्थानमा महाेत्सव भए पनि चन्द्राैटामा पहिलाे पटक माघी महाेत्सव हुँदा जनसमुदायको उल्लेखनीय सहभागिता भएकाेमा यस क्षेत्रकाे थारु समुदाय अब संस्कृति बचाउन अग्रसर भएकाे बताउनुभयो ।


     यसैबीच थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य जन्जीर प्रसाद थारु महाेत्सवमा बाेल्दै थारु समुदाय अर्थात् थाकसले अार्थिक, शैक्षिक, सामाजिक र साँस्कृतिक गरि चारवटा उद्देश्य बाेकेकाे थियाे जस मध्ये साँस्कृतिक उद्देश्य पछि परेकाे थियाे विगत केही समय यता निकै फड्को मारेकाे छ । 

     यसैगरी अर्को सामाजिक उद्देश्यमा पनि परिवर्तन भएकाे छ पहिला महिनाैं महिना लागएर बिबाह गर्ने चलन थियाे तर हाल निर्मुल भएकाे थारुले बताउनुभयाे । उहाँले शैक्षिक उद्देश्य पूरा गर्न समुदायमा सुधार गर्नुपर्ने र अर्को रह्यो अार्थिक उद्देश्य पूरा गर्न थारु समुदाय अगाडि बढेकाे त कमाएर व्यवस्था गर्न नसक्नु विडम्बना भएकाे बताउँदै अब भने त्यसलाई सुधार गर्नपर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैकाे साथ सहयोग अावश्यक रहेकाे थाकस केन्द्रीय सदस्य थारुले बताउनुभयाे ।



     उक्त महाेत्सव थाकस कपिलवस्तु जिल्ला सभापति उमा शंकर थारुकाे अध्यक्षता, प्रदेश नं ५, का सदस्य अर्जुन कुमार केसीकाे प्रमुख अातिथ्ता, थाकसका केन्द्रीय सदस्य जन्जीर प्रसाद थारुकाे विशिष्ट अातिथ्यता, थाकस केन्द्रीय सदस्य सुमित्रा थारु, कपिलवस्तु चन्द्राैटा व्यापार संघका अध्यक्ष महादेव पाेख्रेल र बिजयनगर गाउँपालिका उप-प्रमुख लक्ष्मी कुमारी थारु लगायतकाे अातिथ्यता रहेकाे थियाे ।

     महाेतसवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, जनसमुदायको उल्लेखनीय सहभागिता तथा श्याम सिटी र सरिता थारुकाे सञ्चालनमा महाेत्सव सम्पन्न भएकाे संयाेजक उमा शंकर थारुले बताउनुभयो।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu