मगर समुदायले क्वालालम्पुरमा आयोजना गरेको माघ्या सकराटी कार्यक्रम सम्पन्न

Monday, 21 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
दिप खादी लिम्बू ,,
क्वालालम्पुर := विशेषगरी मगर र थारु समुदायहरुको प्रमुख चार्ड माघ्या सकराटी मलेसियामा पनि भब्य रूपमा सम्पन्न भएको छ।नेपाली राजदुतावास मलेशियाका प्रतिनिधि प्रेम राज गौतम र नेपाल आदिबाशी जनजाति महासघका सचिब रबिन राई को विशेष आथित्यता रहेको सो कार्यक्रममा मलेशिया भरीका नेपाली सघ सस्थाका प्रतिनिधि तथा सन्चारकर्मिहरुको पनि उपस्थिति रहेको थियो।
मलेशियाको राजधानी क्वालालम्पुर स्थित होटल फाइब इलिमेन्टको सभाहलमा सम्पन्न भएको कार्यक्रममा मगर समुदायको पहिरनमा सजिएर उपस्थित रहेका सदस्यहरुले कार्यक्रमको थप सोभा बढाइरहेको थियो भने विभिन्न सास्कृतिक कार्यक्रम पनि राखेका थिए।
माघे सकरातिको अवसरमा आयोजित सो कार्यक्रममा उपस्थित सबैलाइ सेलरोटी साथै मिश्रित तरुलका परिकारहरु बितरण गरेर मनाइएको हो।


आइतबार आयोजित सुभ कामना आदानप्रदान कार्यक्रममा मगर संघ मलेसियाका बरिस्ठ उपाध्यक्ष तथा पत्रकार वेग आलेमगरले मन्तव्यको क्रममा सरकारले माघ्या सकरातीको बिदाई कटौती गर्दा यस्ता पर्बहरु ओझेलमा परेको बताए। लोकतान्त्रिक मुलुकमा सबैको पहुच र अधिकार बरोबर हुनुपर्नेमा एउटै जाती र एउटै समुदायको मात्रै चार्ड पर्बमा सरकारको ध्यान जादा दुख ब्यक्त गर्दै सबै जाती भाषी र सस्कृती लाई समान हैसियतले राज्यले हेरिनुपर्ने पर्छ।भन्ने धारणा राखेका थिए।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu