थारु आयोगको अध्यक्षमा पुर्व आपूर्ति राज्यमन्त्री बिष्णु प्रसाद चौधरीको नाम सिफारिस ।

Monday, 21 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
काठमाडौं := संवैधानिक परिषदको बैठकले थारु आयोगसहित पाँच वटा आयोगका अध्यक्षहरुको नाम सिफारिस गरेको छ। 

बैठकले थारु आयोगमा बर्दियाका बिष्णुप्रसाद चौधरीलाई सिफारिस गरेको छ। त्यस्तै समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्यारीलाई सिफारिस गरेको छ।

त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष बालानन्द पौडेललाई सिफारिस गरेको छ । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले पूर्वसचिव पौडेललाई वित्त आयोगको अध्यक्ष सिफारिस गरेको हो ।

प्रदेशहरुले धेरै पहिलेदेखि वित्त आयोग गठनको माग गर्दै आएका थिए । सरकारले पुस मसान्तभित्र आयोग गठन गर्ने वचन दिएको थियो । तर एक हप्ता ढिला गरी आयोगको अध्यक्ष सिफारिस गरेको हो ।
सरकारले आयोगमा यसअघि नै सचिव तोके पनि पदाधिकारी नियुक्त नहुँदा काम गर्न सकेको थिएन ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu