सामाजिक सद्‍भाव कायम गर्न रेशमसहित बाँकी ११ जनालाई पनि थुनामुक्त गर्न माग

Wednesday, 6 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}



थारुवान डटकम,,
कैलाली := थरुहट थारुवान संयुक्त संघर्ष समिति र थारु कल्याणकारिणी सभा कैलाली र कञ्चनपुरले जन्मकैद सुनाइएका ११ जना निर्दोष रहेको बताएको छ। सामाजिक सद्‍भाव कायम गर्न सांसद रेशम चौधरीसहित ११ जनालाई पनि थुनामुक्त गर्न माग गरिएको छ। ‘माननीय रेशम चौधरी लगायत ११ जना निर्दोष भएकोले निजहरुलाई थुना मुक्त गर्ने तिर राज्यको ध्यान जान जरुरी छ । सामाजिक सदभावका कायम गर्ने हो भने निजहरुको मुद्दालाई राजनीतिक मुद्दाको रुपमा लिई निशर्त थुना मुक्त गर्ने वातावरण सिर्जना गर्न हुन राज्य सँग अनुरोध गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ। 
संयुक्त प्रेस विज्ञप्ति:- 

सदियौं देखि राज्यबाट हेपिएका थारु समुदाय लगायत उतपिडित वर्ग समुदाय विगत लामो समय देखि नेपालको नयाँ संविधानमा आफ्नो हक अधिकार र पहिचान सुनिश्चिताका लागि आन्दोलनरत छन् भन्ने कुरा सर्वविधित छ । राज्यको विभेदपूर्ण शैलीको कारण थरुहट थारुवान आन्दोलन क्रममा २०७२ साल भदौ ७ र ८ गते टिकापुर घटना भयो । तत्पश्चात राज्यले थरुहट थारुवान आन्दोलनकारीहरुलाई पुर्पक्षको लागि भन्दै जेलमा कोचिएको अवस्था छ र ८ गतेको थारुहरुको घर पसल, व्यापार व्यवसाय छानी छानी लुटपाट आगजनी गर्ने अपराधीहरुलाई खुलायाम छुट दिएको तितो अनुभव हामी सामु ताजै छ ।
आज ३ वर्ष पश्चात पुर्पक्षमा रहेका ३ जना नुरुल जागा, राम नरेश चौधरी, विसराम कुश्मीलाई निर्दोष भनी जिल्ला अदालत कैलालीले सफाया ग¥यो । अदालतको यस कदमले टिकापुर राजबन्दीहरु निर्दोष छन् भन्ने कुरा सावित भएको हामी महशुस गरेका छौं । तर लक्ष्मण थारु, लाहुराम चौधरी लगायत १२ जनालाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १७ (३) नं. अनुसार जनही ३ वर्ष कैद हुने ठहर गरी थुनामुक्त गर्ने निर्णय गरेको छ र जसमध्ये चुन्नीराम चौधरीलाई यसै महिनाको ३० गते थुना मुक्त गर्ने निर्ण गरेको छ । उता रेशम चौधरी लगायत १० जना निर्दोष व्यक्तिहरुलाई ज्यान सम्बन्धी महलको १५ नं. को कसुर अपराधमा तजविजी ५ वर्ष समेत थप साजय र नाबालक श्रवण चौधरीलाई २ वर्ष ६ महिना कैद हुने ठहरे पनि मुलुकी ऐन दण्ड सजायको ४१ नं. बमोजिमको ठुलो कलमको कैद ठेकिएकोले प्रस्तुत कैद ठेकी रहनु नपर्ने समेत फैसला भएकोमा हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ ।
माननीय रेशम चौधरी लगायत ११ जना निर्दोष भएकोले निजहरुलाई थुना मुक्त गर्ने तिर राज्यको ध्यान जान जरुरी छ । सामाजिक सदभावका कायम गर्ने हो भने निजहरुको मुद्दालाई राजनीतिक मुद्दाको रुपमा लिई निशर्त थुना मुक्त गर्ने वातावरण सिर्जना गर्न हुन राज्य सँग अनुरोध गर्दछौं र यस टिकापुर मुद्दा सामाधानका लागि सहयोग गर्नुहुने सरोकारवाला सम्पूर्णलाई आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै यसै विज्ञप्ति मार्फत धन्यवाद ज्ञापन गर्दछौं ।
थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली
थरुहट थारुवान संयुक्त संघर्ष समिति कञ्चनपुर
थारु कल्याणकारिणी सभा कैलाली
थारु कल्याणकारिणी सभा कञ्चनपुर
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu