रेशम चौधरी लगायत ११ जनालाई रिहा गर्न जोडदार माग ।

Sunday, 10 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थारुवान ड्टकम,,
काठमाडौं := थारु कल्याणकारिणी सभा तथा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध एवं धर्ना कार्यक्रम गरेको छ । 
कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरी लगायत ११ जनालाई कैलाली अदालतबाट जन्मकैदको फैसला सुनाइएपछि त्यसको विरुद्धमा शान्तिपूर्ण विरोध एवम धर्ना कार्यक्रम गरिएको हो । 
धर्ना कार्यक्रममा पहिचानवादी संघसंस्थाहरुको सहभागिता थियो। सहभागी सबैले रेशम चौधरीसहित ११ जनालाई तत्काल रिहाईको माग गरेका थिए। रिहाई नगरे कडा आन्दोलनको चेतावनी उनीहरुले दिएका थिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu