बर्दिया := यस वर्षको कठरिया थारू समाजले होली पर्ब एकजुट भइ एक स्थानमा भब्य,सभ्य तरिकाले मनाउने भएका छन।
होली कठरिया थारुको सवैभन्दा ठूलो पर्ब हो । होली पर्ब कठरिया सामूदायमा आठ दिन सम्म मनाउँने गर्दछन् । कठरिया समुदाय को सबै गाउबाट होली नाच एक स्थानमा सबै मिलेर नाचेर पुरानो होली नाच लाइ प्रबर्धन गर्ने साथै कठरिया समाजको मेलमिलाप, आपसी सदभाव कायम रहोस् भन्ने उदेश्यको साथ मनाउन लागिएको हो ।
साथै कठरिया समुदायको संस्कृति संरक्षण, प्रबर्धन गर्ने उद्देश्यले कार्यक्रम गर्ने तयारीको लागी online website कठरिया पोष्टको आयोजनामा कठरिया समाज नेपालका अध्यक्ष गया प्रसाद कठरियाको प्रमुख आतिथ्यतामा साथै कठरिया थारू चर्चित गीत लेखक सुबेश कठरिया लगायतको उपस्थितिमा मिति २०७५ फागुन २५ गते कोटातुल्सीपुुर कैलालीमा बैठक सम्पन्न भएकाेे छ ।
बैठकले संयुक्त होली कार्यक्रम गर्नको लागी स्थान, मिति, समय निर्धारण गर्नकोलागी आउँदो मिति २०७५ फागुन २८ गतेका दिन सबै कठरिया गाउँको प्रतिनिधिहरुको उपस्थितिमा बैठक बस्ने र छलफल गर्ने आयोजक समितीकै पदाधिकारीले जानकारी गराए ।