समाजसेवी,ब्यवसायी दिल केरुङ लिम्बुको चरीत्र हत्या गरेकोमा संघसंस्था द्वारा प्रेस बिज्ञप्ति जारी।

Friday, 25 October 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
क्वालालम्पुर (मलेसिया):= बुधबार साझ संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष समाजसेवी ब्याक्तित्व रुपमा चिनिने तिल बहादुर कार्कीले सामाजिक संजाल फेसबुक लाईभ भिडियो मार्फत तथानाम गालिगलोज र तथ्य हिन आरोप लगाई किरात याक्थुङ चुमलुङ मलेसियाका बर्तमान अध्यक्ष दिल कुमार केरुङ लिम्बुको चिरत्र हत्या गरेको भन्दै मलेसियामा सञ्चालित विभिन्न संघसंस्थाले प्रेस विज्ञप्ति जारी गरेको छ।

कार्कीले आफ्नै फेसबुक आइडिबाट बुधबार साझ मलेसियाको समयनुसार ११:१५ बजे लाइभ भिडियो गरि दिल कुमार केरुङले हात खुट्टा भाच्ने तथा अन्य धम्कि दिएको भन्दै जथाभावी आरोप लगाएको थियो।उक्त अारोपको खण्डन गर्दै केरुङले आफुले तिल बहादुर कार्कीलाई नचिनेको र सामान्य कुराकानी पनि नभएको, यो मेरो चरित्र हत्याको निम्ति गलत प्रचारप्रसार गरि अनैतिक कार्य भएको भन्दै दुतावास मलेसिया साथै सम्पुर्ण संघसंस्थालाई जानकारी तथा स्पष्टीकरणको लागि निबेदन पेस गरेको छ ।

कार्कीको फेसबुल लाईभलाई खण्डन गर्दै किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासंघ,नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज), केरुङ सम्पर्क मंच, ब्याबसायी समाज र किरात धर्म तथा साहित्य उत्थानले छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरि कार्कीले समाजिक संजालको दुरुपयोग गरि केरुङ र विभिन्न संस्थाको मानहानी गरेको भन्दै कर्वाहिको माग गरेको छ ।

यसै बिषयमा फेरि कार्की फेसबुक लाइभ भिडियो मार्फत हिजोको अभिब्यक्ति सच्याउदै अरु नै ब्यक्तिको कारणले हिजो त्यस किसिमको अभिब्यक्ति दिएको भन्दै माफी मागेको छ । तर कसले बोल्न लगायो भन्ने वारे कुनैपनि जानकारि बाहिर आएको छैन ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu