राम अवतार चौधरी,,
कपिलबस्तु:= प्रदेश नंं.५ का सभा सदस्य तुल्सी चौधरीले संस्कृतिको नाममा विकृति भित्राउन नहुने बताएका छन् । बुद्ध सनेश साप्ताहिकको आयोजनामा शुक्र्रबार जिल्लाको मायादेवी रिर्सोटमा भएको ‘द मोडेल अफ कल्चर कपिलवस्तु २०७६’ को फाईनल कार्यक्रममा चौधरीले यस्तो बताए ।
“कला, संस्कृतिको संवद्र्धन संगै पर्यटनको प्रवद्र्धन, युवा युवतीको व्यक्तित्वसंगै कला कौशलको प्रदर्शन” भन्ने मुल नाराका साथ कपिलबस्तुमा पहिलो पटक सञ्चलन गरिएको उक्त कार्यक्रममा चौधरीले पछिल्लो समय संस्कृतिको नाममा विकृति बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । बुद्ध सनेश साप्ताहिकले गरेको कार्यको खुलेरै प्रशंसा गर्दै सदस्य चौधरीले पछिल्लो समय मुलुक भित्र पश्चिमी संस्कृतिहरुको कारण हाम्रो भेष, भुषा, धर्म र संस्कृतिहरु विस्थापित हुदैँ गएकोमा सचेत रहन आग्रह समेत उनले गरे ।
द मोडेल अफ कल्चर पछिल्लो समय युवा पिढिमा हुन आवश्यक रहेको बताउँदै चौधरीले यस किसिमको कार्यक्रमले नयाँ प्रतिभाको जन्म हुनुका साथै नयाँ पुस्तामा आफ्नो मौलिकता झल्किने भेषभुषा र पहिचानको बरेमा बुझ्ने अवसार प्रदान हुने समेत उनले बताए ।
उक्त्त कार्यक्रम थारु पत्रकार संघ नेपाल कपिलवस्तु र बुद्ध सनेस साप्ताहिकको सहयोगमा भएको द मोडेल अफ कल्चर फाइनल कार्यक्रममा बुद्ध सनेश सप्ताहिकका सम्पादक श्याम सि.टीको अध्यक्षता, प्रदेश सभा सदस्य तुल्सी चौधरीको प्रमुख अतिथ्यता र राजन थारुको संचालनमा कार्यक्रम सम्पन्न भएको राम प्रकाश चौधरीले जनाए ।