मलेसियामा अवैधानिक रुपमा बसोबास गरिरहेका फेदाप–१, तेह्रथुम निवासी निशान कुरुङवाङ लिम्बुको दुबै मृगौला काम नलाग्ने भएर अस्पतालमा उपचाररत रहेका थिए।अस्पतालले चाडो भन्दा चाडो नेपाल पठाएर बिरामीको परिवारसँग भेटघाट गराइदिन नेपाली राजदुताबास लाई आग्रह गरेपछी दुतावासले बिरामीको उपचारार्थ लागेको अस्पतालको खर्च बेहोर्ने भएको छ ।
बिरामीलाई नेपालसम्म जानको लागी हवाई टीकटको व्यवस्था नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले बेहोरेको छ ।सो टिकट महासंघको नव नियुक्त अध्यक्ष बिपिन राई लगायतकोले दूतावासमा उपस्थित भैई हस्तान्तरण गरेका थिए ।नेपाल राजदुतावासको आग्रहमा महासंघले पीडितलाई चाडो भन्दा चाडो टीकट उपलब्ध गराइदिएर बिरामीलाई नेपाल पठाउन सहयोग गरेकोमा नेपाल राजदुतावासका सहायक राजदुत मोति श्रीस मगरले महासंघको टीमलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।