काठमाडौं := गुल्मी जिल्ला ईस्मा दमाचौर गाउँपालिका- ३ मा बस्ने गोकर्ण नेपाली ले बनाएको स्केच फोटोहरु यतिबेला समाजिक संजालमा व्यापक भाईरल भैईरहेको छ ।
गोकर्णले बनाएको रमेश प्रसाईंको फोटो सामाजिक सन्जालमा सार्वजनिक भए लगतै निकै नै भाईरल बनेको छ ।
आर्थिक अभावले आफ्नै देश नेपालमा कृषि क्रान्ति गर्न नपाउदाको शोख लाई शक्ति मा बदली आफ्नो हातले फोटो बनाउन सुरु गरेका ईस्मा दमाचौर गाँउपालिका तीनका गोकर्ण नेपाली गुल्मि जिल्लाकै पछिल्लो समय मा सबै भन्दा उत्कृष्ट चित्रकारका रुपमा चिनिएका छन।उमेरले भर्खरै एक्काईस बर्षमा पुगेका गोकर्ण नेपाली यतिबेला चित्रकार कै माध्यमबाट सामाजिक सन्जाल र सोसल मिडियामा निकै नै भाईरल बनेको छ ।
पछिल्लो समयमा उनले बनाएको विभिन्न हस्तीहरुको फोटो यतिबेला हजारौं फेसबुक पेज र अनलाईन न्युज पोर्टल मिडियाहरुले फोटो हरुलाई साथ दिनु को साथै समाचार प्रकाशन प्रसारण र साभार गरिरहेका छन। (SEE) परिक्षा २०७२ सालमा पास गरेका गोकर्ण नेपाली कृषिमा क्रान्ति गरि धेरै युवाहरुलाई स्वरोजगार बनाउने आँट र उदेश्य लिएका गोकर्ण नेपाली कृषि तथा पशु संकाय सम्बन्धि विषय पढनको लागि बुटवल आएका थिए तर नेपाली माथी विभिन्न समस्या थपिदै गए पछि भर्ना भएको कलेज केही महिना मै छाडन बाध्य भएका थिए ।
(चित्रकार : गोकर्ण नेपाली)
असह्य,बेसहाराको सिकार बनेका गोकर्ण नेपाली अन्तत: कृषि तथा पशु बिज्ञहरुसँग परामर्श लिई थप पठनपाठन,अध्यानको लागि देश छाडन बाध्य भैई युएई प्रस्थान गरे । बिदेशमा रहँदा पनि आफुले स्कुलमा चित्र बनाउदा पाएको प्रशंसा सम्झेर पुन चित्र बनाउन सुरु गरेका गोकर्ण अहिलेसम्म चालीस भन्दा बढीको स्केच फोटो बनाईसकेका छन ।