मोटरसाइकल चोरीमा संलग्न ४ जना चौधरी पक्राउ ।

Saturday, 23 November 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हेटौंडा := मकवानपुर प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ गरेको छ।।
पक्राउ पर्नेमा बारा कोल्बी नगरपालिका वडा नम्बर ९ का १८ बर्षीय निरन्जन चौधरी, रौतहट गुजरा नगरपालिका वडा नम्बर ४ का २२ बर्षीय राजकपुर चौधरी, गुजरा नगरपालिका वडा नम्बर २ घर भई बारा निजगढ बस्ने ३१ बर्षीय ज्ञानेन्द्र चौधरी र बारा कोल्वी नगरपालिका वडा नम्बर ६ पर्सौनीका २२ बर्षीय धिरज चौधरी रहेका छन्। 

उनीहरुलाई चितवनबाट मोटरसाइकल चोरी गर्दै ल्याउने क्रममा विहिबार विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ परेकामध्ये ज्ञानेन्द्र यसअघि जिल्ला अदालत मकवानपुरबाट मोटरसाइकल चोरी मुद्धामा धरौटीमा छुटेका व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।।
via : @ prasta khabar
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu