सहज वचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारण सभा सम्पन्न/कृषिमा आमूल परिवर्तन गर्न आवश्यक:प्रदेशसभा सदस्य अर्जुन ।

Monday, 9 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु := सहज वचत तथा ऋण सहकारी संस्थाको १२आंै वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । जिल्लाको शिवराज नगरपालिका–५, सहजटोल स्थित चन्द्रौटामा सभा सम्पन्न भएको हो ।

सभा कार्यक्रमका प्रमुख अतिथी रहनु भएका प्रदेश नं. ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले उत्पादन क्षेत्रमा लगानी गर्न सहकारी संस्थाहरुलाई आग्रह गर्नुभयो । विकासको लागी कृषि क्षेत्रमा समृद्ध हुनुपर्ने जनाउदै सहकारी सस्थाहरुले कृषिमा आमुल परिवर्तन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । काम गर्ने किसानलाई सरकारले दिने अनुदान उपलव्ध गराउने जिकिर गर्दै प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको दावि गर्नुभयो ।
सहकारीले बचत र ऋणको मात्र कारोवार गरेकाले जिल्लामा रहेको सहकारीले अब रोजगार र उत्पादनको क्षेत्रमा विकास गरे मात्र समृद्ध नेपाल बनाउन सकिने बताउनुभयो । संसाद केसीले सदस्यको सख्या बढाउने पुँजी बढाउने मात्र काम नगरि सामाजिक क्षेत्रमा लगानी गर्न समेत सांसद केसीले सुझाव दिनुभयो ।
कृषि क्षेत्रमा काम गर्न चाहाने सदस्यहरुलाई सहज रुपमा ऋण उपलव्ध गराउनुका साथै सहकारीमा शेयर सदस्यको संख्या उच्च रहेकोले पुँजी बढाई सामाजिक र उत्पादमूलक क्षेत्रमा लगानी गर्ने सँगै सहकारीका शेयर सदस्यलाई सहज रुपमा सेवा प्रदान गर्ने र सहकारीमा ३ करोड ७० लाख बरावरको कोराबार भएको सहकारीले जनाएको छ । सो कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेल, टुक प्र्रसाद अर्याल लगाएतले शुभकामना दिनुभएको थियो । 
उक्त कार्यक्रममा सहकारीका अध्यक्ष दिपक खड्काको अध्यक्षता, प्रदेश सांसद अर्जुन केसीको प्रमुख आतिथ्यता, सहकारीको ६३ वटा स–साना समूहहरुको सदस्यहरुको सहभगिता र सहकारीका व्यावस्थापक कल्लु थारुको संचालनमा सम्पन्न भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu