धनगढीमा गत फागुन १ गतेदेखि आमरण अनसन बस्नु भएका थारुको स्वास्थ्य अवस्था झन झन कमजोर हुदै गएको अवस्थामा उहाँको जीवन रक्षाको माग गर्दै सो ज्ञापन पत्र बुझाएको हो । पहिचानको आधारमा थारुहट थारुवान प्रदेश सहित १० प्लस १ प्रदेश निर्माण गर्नुपर्ने, सांसद रेशम चौधरी लगायतलाई रिहा गर्नुपर्ने, पूर्ण समानुपातिक समावेशीता लागू गर्नुपर्ने लागयत १० बुँदे माग गरि थारुहरु आन्दोलना उत्रेका हुन् । यसैवीच थरुहट थारुवान राष्ट्रिय मोर्चाको धनगढीमा भैरहेको आमरण अनसन तथा संघर्षको सम्बन्धमा रास्ट्रीय मानव अधिकार आयोगका अध्यक्ष मा. अनुपराज शर्मालाइ ध्यानाकर्षण पत्र आज फागुन ७ गते बुधवार सबै पहिचान पक्षधरहरु सङ्युक्तरुमा बुझाएको छ ।
थरुहट आन्दोलन र आमरण अनसनको विषयमा थरुहट थारुवान राष्ट्रिय मोर्चा र पहिचानवादी लिम्बुवान, खम्बुवान, नेवा, मगरात, ताम्सालिङ, शेर्पा, खसान, शिल्पी आदि संघ सस्था सङ्गठन मोर्चा, राजनीतिक दलहरुको सयुक्त ध्यानाकर्षण पत्र आज फागुन ७ गते रास्ट्रीय मानव अधिकार आयोगको कार्यालय पुल्चोकमा पुगी सो ज्ञापन पत्र बुझाएको हो । यसैवीच फागुन ६ गते थरुहट–थारुवान राष्ट्रिय मोर्चाद्धारा दोस्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो । सरकार आफ्ना मागहरुप्रति गम्भीर नभएको भन्दै मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मोर्चाले थप संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।